अनलिमिटेड ब्याण्डविथ

नेपालका मात्र हैन विदेशका पनि झकीझकाउ वेभ साईटमा अनलिमिटेड ब्याण्डविथ भनेर वेभ स्पेस वेचेको देखेको छु । मलाई पनि कतिले यसको बारेमा सोधेका छन। यस्तो प्रश्नको उत्तर दिन गार्हो लाग्छ मलाई त्यसैले मैले उल्टै प्रश्नकर्तालाई सोध्ने गरेको छु तपाईको कम्प्युटरमा के कुरा अनलिमिटेड छ? रयाम ?? प्रोसेसर?? हार्ड डिस्क ??? के छ अनलिमिटेड ??? आखिर फिजिकल्ली त वेभ सर्भर पनि त एउट कम्प्युटर नै हो नी ।

मेरो वुझाईमा कसैले केही कुरा अनलिमिटेड छ भनेर वेभ स्पेस बेच्छ भने त्यो सरासर झुट हो। अनलिमिटेड भनेर वेभ स्पेस वेच्नेहरुको टर्म एण्ड कन्डिसनमा अनलिमिटेड ब्याण्डविथ गर्न नपाईने गरी केही न केही उल्लेख गरेको हुन सक्छ । (जस्तो वेभ साईटमा अडियो, भिडियो स्ट्रिमीङ्ग गर्न नपाईने वा यस्तै अन्य कन्डिशनका कुरा जसवाट युजरले धेरै ब्याण्डविथ खपत नगरोस ।) यदि यस्तो कुरा उल्लेख नगरी कसैले ब्यापार गरी रहेको छ भने त्यसले आफ्नो ग्राहकलाई "अन्डरस्टिमेट" गरेर ब्यपार गरी रहेको हुन सक्छ। २-४ जि.बी. रिसेलर वेभ स्पेस लियो अनि थोरै ग्राहक भएको वेला अनलिमिटेड फिचर देखाएर ब्यपार गर्यो अनी ग्राहक वढेर ब्याण्डविथ कम हुने वित्तिकै धेरै खपत हुने वेभ साईटको ब्याण्डविथ वढायो अनि कम हुने हो घटाई दियो यो सब गर्नलाई थोरै क्लाईन्टलाई सोध्नु पर्छ ! अनि भएन त अनलिमिटेडक ब्याण्डविथ।

यसको वारेमा थप जानकारीको लागी तलको लिङ्कमा क्लिक गर्नुस।
http://www.findmyhosting.com/truthunlimited.htm
http://en.wikipedia.org/wiki/Bandwidth_%28computing%29
Labels: , ,

No comments: