इन्टरनेट आक्रमण
Saturday, April 06, 2013
हामी कहाँ खासै द्रुत र स्थीर गतीको ईन्टरनेट नहुने हुनाले त्यसको गती घटबढ हुनु चर्चाको बिषय हुदैन तर विश्व इन्टरनेट जगतमा यो हप्ता इन्टरनेटको गती घट्यो भनेर कोलाहल मचियो । खासमा संसारभर सुचना प्रविधीको क्षेत्रमा काम गरी रहेका शक्तीहरुलाई झस्काउने गरीको यो आक्रमण केही वेबसाईट बिषेशलाई लक्ष्यीत गरी सुचना चोर्ने अभिप्रायले प्रेरित भएर गरीएको थिएन । यसलाई बेलैमा नियन्त्रणमा लिने प्रयास नगरीएको वा आक्रमणकारीहरुले आफ्नो योजना मुताविक आक्रमण गर्न सफल भएका भए वर्तमान ईन्टरनेट सञ्चालन प्रणालीको मेरुदण्ड भाँचिने सक्ने ईन्टरनेट सुरक्षा बिज्ञहरुको ठम्याई छ । कतिपय विश्लेशकहरुले यस आक्रमणलाई वर्तमान ईन्टरनेट संरचना प्रणाली तहस नहस पार्ने अभिप्रायले गरीएको भन्दा पनि आक्रमणकारीहरुले आफ्नो फरक मत प्रश्तुत गरेर यसै क्षेत्रमा लागेकाहरु शक्तीहरु माझ उपस्थीती दर्साउनको लागी गरेका थिए भनेका छन ।
घटना किन भयो ? :
यो घटनाको मुख्य सुत्राधार भनेको स्पामहस भनिने एक बेलायती कम्पनी हो । यसले ईन्टरनेटमा हुने गरेका अबान्छीत भनिने गतीबिधीलाई निगरानी तथा प्रतिरोध गर्ने कार्यक्रम संचालन गरीरहेको छ । यस कम्पनीको रवैया प्रति ईन्टरनेट स्वतन्त्र र स्वच्छन्द हुनु पर्छ सोच भएका एक्टीभिष्टहरु शुरुवात देखिनै खुसी थिएनन । यसै बिच स्पामहसले इन्टरनेट प्रदायक कम्पनी (Internet Service Provider) हरुले विभिन्न खालका आतंककारी गतिविधिलाई प्रोत्साहन गरी रहेको, सामाजिक संरचनामा खलल पुग्ने गरी ईन्टरनेटमा अश्लील गतिविधिलाई बढावा दिएको र ह्याकर (Hacker) समूहलाई मलजल गरिरहेको आरोप लगायर नियन्त्रणको प्रयास गरी रहेको थियो । यसै घटनाको पृष्ठभुमी यस किसीमको आक्रमण भएको हो ।
यस आक्रमण पुर्व स्पामहसले साईबरबंकर नाम गरेको एक डच वेबहोष्टीङ्ग कम्पनीले होष्ट गरेको अश्लील सामग्री र आतंककारी गतीबिधीलाई बढावा दिने भनिएका सामग्रीलाई प्रसारण गरीरहेको भनिएको केही वेबसाईटलाई आफ्नो संरचना मार्फत प्रसारणमा प्रतिबन्ध लगाएको थियो । त्यसैले यो आक्रमण साइबरबंकर वा त्यसै समहुको निर्देशनमा भएको ठानी स्पामहसले रसिया र युरोपियन अदालतको ढोका ढकढक्याएको छ । प्रसिद्द बेलायती पत्रिका गार्जियनले आफ्नो अनलाईन संस्करणमा यो आक्रमणलाई स्पामहसको रवैयाको कारण साइबरबंकर र यस्तै केही समुहहरुले मिलेर गरेको बिश्लेशण गरेको छ । आक्रमणकारीहरुले ईन्टनेट संरचनामा आक्रमण गर्नको लागी डिडस (Distributed Denial of Service) भनिने तरिका प्रयोग गरेका थिए ।
के हो डिडस आक्रमण ?
कम्प्युटर प्रविधीको क्षेत्रमा डिडस (denial-of-service attack वा distributed denial-of-service attack) आक्रमण भन्नाले इन्टेनेट संञ्जालमा रहेको कम्प्युटरलाई लक्ष्यगरी अनावश्यक र अत्याधिक रिक्वेष्ट पठाएको सो सिस्टमले रेसपोन्स गर्न नसक्ने बनाई सम्पर्कबिच्छेद वा सिस्टमले ढिलो रेसपोन्स गर्ने अवश्थामा पुर्याउनु हो । अर्को अर्थमा डिडस आक्रमण भन्नाले सर्भरलाई ओभरलोड दिने, तोकिएको कम्प्युटरलाई लक्ष्यीत गरि सिस्सटम रिसेट गर्न बाध्य पार्ने वा त्यस सिस्टमको रिसोर्सहरुको अनावश्यक र अत्याधिक प्रयोग हुने बनाई दिनु हो । साधरणतय यस किसीमको आक्रमण बैक, क्रेडिड कार्ड प्रोसेसिङ्ग गर्ने वेबसाईट वा डोमेन नेम सिस्टमको रुट नेमसर्भरमा गर्ने गरीन्छ ।
स्पामहस केन्द्रीत इन्टरनेट सञ्जालको बिरुद्दको डिडस आक्रमण प्रतिसेकेन्ड तिन सय मेगाबाइट सम्मको थियो । जबकी सम्पुर्ण रुपले सुरक्षीत भनिएका सर्भरहरु जसको चौबिसै घण्टा निगरानी गरीन्छ त्यसको सम्पर्क बिस्थापन गर्नको लागी पचास मेगाबाईट प्रतिसेकेन्डको डिडस आक्रमण प्रशस्त हुन्छ ।
र अन्तमा ,
यस काण्ड पछी साइबर बजारमा इन्टरनेट सुरक्षा र आलोचकहरुले भन्ने गरेको स्वतन्त्र र स्वच्छन्द ईन्टरनेट बारेका ठुलो बहस सिर्जना भएको छ तर कसैले चाहेर पनि ईन्टरनेट सञ्जाल वा यसले दिने सेवा उपयोग नगरी बस्न सक्ने अवश्था छैन । त्यसैले यस्ता घटनालाई सकारात्मक रुपमा सोच्दा भविष्यको लागि सुरक्षा चिन्ता प्रतिरोधी अनिवार्य कदम हुन सक्छ । यसै पनि नेपाल जस्त तेस्रो विश्वका देशहरुमा बिकसित देशहरुमा पर्ने प्रभाव धेरै ढिलो वा नपर्ने हुन जान्छ । त्यसैले अहिलेकै अवश्थामा हामीले डर मान्नु पर्ने अवश्था छैन ।

यो लेख मिती २०६९ चैत्र १७ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।