प्रचण्ड झापड महात्म्य
Friday, November 16, 2012
माओवादी अध्यक्ष प्रचण्डले आफ्नै पार्टीले आयोजना गरेको कार्यक्रम अयोग्य भनेर पाखा लगाईएका पुर्व लडाकु पदम कुँवर ले झापड लगाएछन । ब्यक्तिहरुको आफ्नो सिदान्त अनुसार आ-आफ्नो आश्था हुन्छ । सामाजिक सञ्जाल साईट ट्वीटरमा प्रचण्डले खापड खाएको दङ्ग परेका मान्छेहरु धेरै भेटिए । यो धेरैको दबिएर रहेको आक्रोश हुन सक्छ । मलाई ब्यक्तिगत रुपमा के लाग्छ भने नेताहरुले ईमान्दारीता र जवाफदेहीता देखाउने हो भने कुनै पनि रुपमा भौतिक आक्रमण जायज हैन । यस अगी झलनाथले झापड खादा पनि सामजिक सञ्जाल साईट र न्युज पोर्टलमा यसबारे ठुलै बहस भएको थियो ।
धैर्यले सीमा नाघेको बेला नैतिकता र आदर्शको पर्वाह गर्दैन मानिसले ।
— सञ्जीव (@sanpokh) November 16, 2012
सार्वजनिक रुपमै नेतालाई झापड हान्नु कायरता हो, पुरातनवादी सोचको उपज हो, बन्दुक-खुकुरी सजिलै पाइने देशमा नाथे झापडको सहारा लिनु मुर्खता हो
— Dipesh Chalise (@deepace40) November 16, 2012
प्रकास्या बाउले नि झापड भेटेछन...यो त खुट्टा उचालेको मात्रै हो कामरेड नाँच्न त बाँकी नै छ ..होस गर।
— Rαвιи∂яα A∂нιкαяι ™® (@a_rabin) November 16, 2012
साथीको लागि यो हात सलाम हो, प्रचण्डको लागि यो हात झापड हो #padamkunwar
— Bishnu Bhattarai (@iBshnu) November 16, 2012
सुन्नमा आउँदैछ, गाउँ गाउँमा जनताहरु चुनाब कुरेर बसेका छन रे तर भोट हाल्न हैन नेता आउलान र झापड हान्न पाइएला भनेर ।
— मि.लुईटेल (@MrLuitel) November 16, 2012
हरेक साल भाइटीकाको भोलिपल्ट झापड दिबस मनाए कसो होला ? आधा दिन छुट्टी,पार्टीको झण्डा आधा झुकाउने,झापड खानेहरुलाइ सम्झँदै ५ मिनेट मौनधारण ...!
— मि.लुईटेल (@MrLuitel) November 16, 2012
अघिल्लो चोटी छयालीस सालाँ एक पटक जम्मै सर्बसाधारण नेपाली खुशी भथे, अनि त्यसपछि बल्ल आज भए।
— И®ℬ (@being_nrb) November 16, 2012
झलनाथले झापड खाँदा क्याबात भनेको परिणाम हो प्रचण्डलाइ झापड । खराब प्रवृतिलाइ उक्साउँदाको परिणाम ।
— ©Sudeep Silwal™ (@silwalsudeep) November 16, 2012
कान्तिपुरले लेख्याथ्यो- "थवाङमा प्रचण्डलाई बास छैन ।" खै, सहरमा पनि गाह्रो होलाजस्तो छ ;) #झापड
— Lenin Banjade (@lendaai) November 16, 2012
सैद्धान्तिक, नैतिक वा सामाजिक रुपमा चुनौति दिन चाहिँ अल्छी गर्ने, अरुले झापड हान्दा चाहिँ मख्ख पर्ने।
— Ushaft (@ushaft) November 16, 2012
हाम्रो समाज पुर्ण हिँसाग्रस्त मानसिकतामा बाँचेको छ। नपत्याए हेर्नुस् समाजका बरिष्ठहरु पनि सामाजिक सँजालमा उफ्रि उफ्रि झापड महात्म्य गाउदैछन्
— Sanam(@Rajdai) November 16, 2012
थप्पड हान्नेलाई यहा सेलेब्रेटी बनांइन्छ जहीतही उसैको चर्चा हुन्च !चर्चाकै लोभमा मान्छेका पागलपन जुर्मुराउछ ! नेताका गाला असुरक्षित हुन्छ !
— Räbi Mishrä (@rabimishra) November 16, 2012
झापड ठीक कि बेठिकभन्दा तिनिहरुले जनतालाई अपमान गरेकाछन भनेरभन्दा सुनेनन,सांकेतिक रुपमामात्र जानकारी गराएका हुन।चाहेकोभए गोली नि हान्दाहुन निर तलको युट्युब भिडोयो चाही झापड हान्नेले हानी सकेको हो । यहाँ उल्लेख गरी रहन नपर्ला रगतपिच्छे भएका युवक पदम कुँवर हुन ।
— BarunCompany (@brnpkrl) November 16, 2012