फेसबुक फोटोले दिएको दिएको दु:ख

जून २००९ मा ईरानको राजधानी तेहरानमा भएको हिंसात्मक आन्दोलनमा एक महिलाको हत्या भयो । कसैले हत्याको भिडीयो फुटेज लिएको थियो जुन तत्कालै ईन्टरनेटमा राखीयो ।  खबरले सनसनी मचायो । तर खबरमा हत्या गरिएकी भनिएकी महिला आफूले काम गर्ने विश्वबिध्यालयको परिसरमा थिईन ।  देशनै आन्दोलनमय भएको त्यो अवश्थामा उनले अध्यापन गर्ने विश्वबिध्ययमा अध्ययन गर्ने बिध्यार्थीहरु पनि सडकमा उत्रिएका थिए । पढाउने काम नभए पनि आफ्नो अन्य काम गरेर अबेला सम्म बिश्वबिध्यालयमा बिताएकी ति महिलाले त्यो दिन फेसबुक खोल्दा ६९ जना अपरिचित ब्यक्तीहरु फ्रेण्ड रिक्वेश्ट पठाएको थिए  । त्यसको केही बेरमा यो संख्या बढेर ३०० पुग्यो ।  उनलाई अचम्म लाग्यो अनि उनले फ्रेण्डरिक्वेस्ट पठाउने ब्यक्तीहरुको पृष्टभुमी हेरीन धेरै जस्तो ब्लगर र पत्रकार थिए । त्यतीकैमा एक उनलाई एक ब्यक्तीको ईमेल प्राप्त भयो जो उनी सँग त्यतीखेरको आन्दोलनमा मारिएकी भनिएकी आगा सुल्तान भन्ने महिलाको बारेमा जान्न चाहन्थे । 


फेसबुकमा राखीएको आफ्नो फोटो आन्दोलनमा मारिएकी महिलाको अनुहारमा मिल्न जाँदा दुख पाएकी एक महिलाको बारेमा खोजमुलक समाचार तयार गर्ने बिबिसीका पत्रकार फिल कुम्सका अनुसार आन्दोलनमा मारिएकि भनिएकी महिला २६ वर्षिय निदा आगा सुल्तानी थिईन जुन कुरालाई ईरानी सरकारले अहिले सम्म स्वीकारेको छैन । सरकारी दावी अनुसार ति महिला निदा सुल्तानी नै हुन जो अहिले अमेरिकामा निर्वासित छिन ।  पत्रकार फिल कुम्सले आफ्नो रिपोर्टमा अगाडी उल्लेख गरेका छन - विश्वबिद्यालयको काम सकेर घरपुग्दा उनको घरमा परिचितहरुको एकहोरो फोन आईरह्यो । जो उनको फोटो सिएनएन , फक्स न्युज लगायत केही ईरानी न्युज च्यानलमा उनको तस्वीर आईरहेको खबर बताउन उत्सुक थिए ।  आफु मारिएको खबर गलत साबित गर्न र घटनाक्रमको वास्तबिकता बुझाउन उनले केही ब्लगर तथा पत्रकारहरुलाई सम्पर्क गरीन र आफ्नो वास्तबिकता बताईन । घटनाको बास्तबिकता बुझेर केहीले आफ्नो समाचार अपडेट पनि गरे । तर केहीले टेरपुच्छर  सम्म लगाएनन । त्यही क्रम दोहोरि रह्यो । यसै क्रममा आन्दोलनमा ज्यान गुमाउने निदा आगा सुल्तानको परिवार बाट पनि घटनाको वास्तविकता प्रष्ट्याउने कोशिश भयो तर त्यती धेरै ढिलो भैसकेको थियो । घटनाको ४८ घण्टामा नै आगाको फोटो सामाजिक सञ्जाल वेबसाईट तथा ईन्टरनेट भरि छ्यापछ्याप्ति भै सकेको थियो  र धेरैले आफ्नो समाचार भुलसुधार गर्न चाहेनन ।


त्यसपछीको घटनाले नाटकिय रुप लिन थाल्यो । केही मान्छेहरु निदा सुल्तानीलाई निदा आगा सुल्तानको मृत्युको फाईदा लिएर चर्चामा आउन चाहेकी सरकारी एजेन्टको रुपमा चर्चा गर्न थाले  । तर स्वयम सरकार चाँही निदालाई अमेरिकी गुप्तचर संस्था सिआईएको एजेन्टको रुपमा हल्ला फैलाउन थाल्यो । ज्यानको सुरक्षा गर्न देश छोड्नु पर्ने अवश्था नै आउनु पुर्व केही दिन अगाडी सरकारी अधिकारीहरु आगा सुल्तानको घरमा आएर आफु सिआईए एजेन्ट भएको र आफुले कबोल नगरेको र गर्न पनि नसक्ने ब्यहोरामा हस्ताक्ष्यर गर्न दबाब दिएका थिए । तेहरान स्थीत आजदा विश्वबिद्यालका अँग्रेजी विषयकी प्राध्यपक निदाले उक्त सरकारी बयानमा हस्ताक्षर गर्नु भनेको त्यहाँको कानुन अनुसार मृत्युदण्ड हो भन्ने बुझीसकेकी थिईन । त्यसैले उनले देश छोड्न उचित ठानिन । अहिले निदा सुल्तानी अमेरिका स्थीत एक विश्वविद्यालयमा फेलोसिपमा अध्ययन गरी रहेकि छिन । अमेरिका आउनु पुर्व उनले जर्मनीमा राजनैतिक शरण लिएकी थिईन । घटनाको ५ वर्षको अन्तरालमा उनले पारिवारिक सदस्यहरु सँग भेट गर्न पाएकी छैनन ।

निदा सुल्तानि काण्ड त सामाजिक सञ्जाल वेबसाईटमा राखीएको सामग्री दुरुपयोगको एउटा नमुना हो । कसैको लागी यसको प्रयोग भोली समस्याको कारण नबनोस । भलै यसो बिचार गर्दा  तपाई निदा सुल्तानीको जस्तो देशै छोडेर भाग्न पर्ने अवश्था नआउला तर तिनमा राखीएको फोटोको कारणले सामाजबाट भाग्नु पर्ने अवश्ता नआउला भन्न सकिन्न । किनभने तपाईको जस्तो पनि बनाउ सकिने पुर्ण वा आधा कदको क्लोजअप फोटो कहाँ चाही प्रयोग गर्न नसकिएला र ?  कम्प्युटरमा ग्राफिक्स प्रोग्रामहरुको प्रयोग गरेर अमेरिकी राष्ट्रपती बाराक ओबामाको नेपालि ढाका टोपीमा सजिएको फोटो त देख्नु भएकै होला ।

निदा आगा सुल्तानको बारेमा बनाईएको डकुमेन्ट्री भिडीयो ।

Labels: