लिनक्स अपरेटिङ्ग सिष्टम #Linux #OS
Sunday, May 13, 2012
धेरै प्रयोगकर्ताहरुले प्रयोग गर्ने माईक्रोसफ्टको विन्डोज एक्स पी, भिष्टा र विन्डोज सेभेन आदी जस्तै लिनक्स पनि एक प्रकारको अपरेटिङ्ग सिष्टम हो । यस अपरेटिङ्ग सिष्टमलाई हाल मोबाईल फोन, ट्याब्लेट कम्प्युटर, भिडियो गेम कन्सोल, मेनफ्रेम कम्प्यूटर र सुपर कम्प्यूटर जस्ता विभिन्न हार्डवेयर तथा उपकरणमा राख्ने गरेको पाईन्छ । विश्वका महत्वपुर्ण र ठुला डाटा प्रशोधन गर्ने भनिएका सुपरकम्प्युटर मा समेत यसै अपरेटिङ्ग सिस्टमको प्रयोग गर्ने गरीएको छ । अझ बर्तमान वेब होष्टीङ्गको बजारमा दश मध्ये लगभग नौ वटा वेब सर्भरहरुमा लिनक्स अपरेटिङ्ग ईन्सटल गर्ने गरीएको पाईएको छ । यस सफ्टवेयर निर्माणमा प्रयोग गरीएको सोर्सकोड निशुल्क रुपमा बितरण गरीने हुदाँ यसलाई प्रयोगर्ताको आवश्यकता अनुसार दक्ष ब्यक्ती द्वरा समग्र प्रणाली नै परिमार्जन गर्न सकिन्छ । यस अपरेटिङ्ग सिष्टममा प्रयोग गर्न भनि कयौ एप्लीकेशनहरु समेत निर्माण गरिएको छ जसलाई समेत निशुल्क पाउन सकिन्छ तर यसो भन्दा लिनक्स अपरेटिङ्ग सिस्टममा प्रयोग हुने सबै सफ्टवेयरहरु निशुल्क छन भन्ने हैन । विन्डोजमा जतिको मात्रामा निशुल्क सफ्टवेयर भेटिन्छन लिनक्स अपरेटिङ्ग सिष्टममा संचालन गर्ने भनेर त्यतीको संख्यामा पनि सप्टवेयरहरु खरिद गर्नु पर्दैन ।
ओपन सोर्स सफ्टवेयरका बिज्ञहरु लिनक्स अपरेटिङ्ग सिष्टम निशुल्क भएकोले यसको प्रयोग दिन प्रतिदिन बढ्दै गईरहेको छ भने आलोचकहरुको तर्कलाई ठाडै खण्डन गर्छन । उनिहरुको बुझाईमा लिनक्स विन्डोज भन्दा धेरै हिसाबले सुरक्षीत छ । भाईरसकै कुरा गर्ने हो भने पनि बिश्वमा बिभिन्न कारण र उधेश्यले निर्माण गरिएका सम्पुर्ण भाईरसहरको संख्याको सालाखाल एक प्रतिशत जति मात्र लिनक्स अपरेटिङ्ग सिष्टममा सक्रिय रहेको पाईन्छ । यस सिष्टमको निर्माण गर्दा प्रयोग गरिएका सोर्स कोडहरु खुल्ला र स्वतन्त्र रुपमा प्रयोग गर्ने गरी प्रयोकर्ताहरु माझ बितरण गरीने हुनाले यसमा देखा पर्ने कुनै पनि समस्याहरु सहज त तत्कालै सामाधान हुने गर्दछ त्यसैले साधारण कम्प्युटरको ज्ञान भएका प्रयोगकर्ताहरु पनि यसको प्रयोगलाई सहज रुपमा लिन सक्दछन । तपाई हामि नै पनि लिनक्स अपरेटिङ्ग सिस्टमको प्रयोग गर्न थाल्ने हो भने यसै सँग सम्बन्दीत कुनै समुहमा आबद्द हुन सकिन्छ जसबाट भविष्यमा आई पर्ने कुनै पनि समस्याहरुको सामाधान एउटा ईमेल (म्यासेज) को भरमा प्राप्त गर्न सकिन्छ ।
लिनक्स अपरटिङ्ग सिस्टमका पारखीहरुको बुझाईमा यसमा उपलब्ध एप्लीकेशहरुको विविधता र उपयोगीता पनि यसैलाई रोज्नुको कारण हो। लिनक्समा ईन्सटल गरीने प्रायः प्लीकेशनहरु सित्तैमा उपलब्ध हुन्छन। यिनीहरु विन्डोजमा उपलब्ध अधीकांश एप्लीकेशनहरुभन्दा चाँडै खुल्ने र प्रयोगकर्ता अनुकुल हुन्छन। यसका एप्लीकेशनहरुको अर्को प्रमुख खासियत भनेको यिनीहरुको स्थानियकरण पनि हो। धेरै जसो एप्लीकेशनहरुलाई स्थानिय भाषामा उल्था गरीएको छ। नेपालमा पनि थुप्रै संग संस्था तथा स्वतन्त्र व्यत्तीहरु यसरी गरिने उल्था कार्यक्रमहरुमा संलग्न छन। तपाईँ हामी पनी नेपाली भाषामा राम्रो दखल राख्छौ भने यस्तै कार्यक्रमहरुमा सजिलै सहभागी हुन सक्छौ । बिगतमा मदन पुरस्कार गुठीले तयार गरेको नेपालिनक्स यसको उदारण हो ।
लिनक्सलाई कम्प्युटरमा ईन्सटल गर्नुको भनेको अर्को अर्थमा लिनक्सको कुनै अपरेटिङ्ग सिस्टम कम्प्युटरमा ईन्सटल गर्नु हो । यसमा एउटा अपरेटिङ्ग सिस्टम भनेको विशेष प्रयोजनका लागी लिनक्सको मुख्य अंश (करनेल) लाई विभीन्न एप्लीकेशन सहित निर्माण गरिएको प्याकेज हो। साधरणत: लिनक्स अपरेटिङ्ग सिस्टम ३ प्रकारको हुन्छ। डिबियन , रेड ह्याट र स्ल्याक वेयर । जस मध्ये रेड ह्याट लिनक्सबाट रेड ह्याट, टर्बो लिनक्स , लेजर ५ लिनक्स, कोन्डारा यम यन यु लिनक्स आदि नाम गरेका लिनक्सहरु छन भने स्ल्याक वेयर लिनक्सबाट स्ल्याक वेयर र प्लाज्मो लिनक्स हरु छन। डिबियनबाट मुख्यतः डिबियन जियनयु/लिनक्स नै बनेको छ । युबुन्तु डिबियन लिनक्सको चर्चित उदारण हो ।
लिनक्समा प्रत्येक प्रयोगकर्ताको आफ्नो बेग्लै डाईरेक्टरी हुन्छ। यस भित्र प्रयोगकर्ताले आफ्नो सम्पुर्ण कागजात,चिठ्ठी पत्र तथा रुचीहरु संग्रहित गरेको हुन्छ। लिनक्स अपरटिङ्ग सिस्टममा प्रयोगकर्ता द्वारा व्यक्त गरिएका र रुचाइएका सेटिङ्गहरु यही डाईरेक्टरीमा राख्ने गर्छ। लिनक्समा रुट प्रयोगकर्ता भनेको लिनक्सको सुपर प्रयोगकर्ता हो । लिनक्स प्रयोग गर्दा रुटको रुपमा लग ईन गर्न उ बिघ्न बढावा दिईँदैन। किन भने रुट बाट लग ईन गरेर समस्या आएमा पछि त्यस्को सामाधान सजिलो हुँदैन।
लिनक्समा गित सुन्न देखी लिएर ईन्टरनेट ब्राउज गर्न बाट पनि प्रयोगकर्तालाई बन्देज गर्न सकिन्छ। प्रयोगकर्तालाई के कत्तीको अधिकार दिने हो त्यो कुरा रुट प्रयोगकर्ताले नै तय गर्न सक्छ। यसरी प्रयोगकर्ता थप्ने,मेट्ने तथा उस्को अधीकारमा समायोजन गर्ने सम्पुर्ण अधीकार मात्र रुट प्रयोगकर्तामा सिमित हुन्छ । जुन कुरा विन्डोज अपरेटिङ्ग सिस्टमा त्यस किमिमले प्रभावकारी मानिदैन ।

यो लेख पुर्वाञ्चल बाट निश्कने स्थानीय ब्लाष्ट दैनिकको लागी तयार गरीएको थियो । जुन मिती २०६८ बैशाख ३१ गते आईतबारको साईबर चौतारी स्तम्भमा प्रकाशित भएको थियो ।