अनलाईन फाईल सेयरिङ्ग
Sunday, July 31, 2011

ड्रपबक्स, स्पाईडरओक र वुला ले विन्डोज, लिनक्स र म्याक तिन वटै अपरेटिङ्ग सिस्टम सपोर्ट गदर्छ भने स्काई ड्राईभ र सुगरसिङ्क ले विन्डोज र म्याक सपोर्ट गर्छ लिनक्स अपरेटिङ्ग सिष्टम सपोर्ट गर्दैन । स्काड्राईभ ले फोन मार्फत फाईल सेयरिंङ्ग सपोर्ट गर्दैन भने माथी उल्लेख गरिएका बाँकी एप्लीकेशनले आईफोन (iOS), एन्ड्रोईड र ब्लाकबेरी मोबाईल मार्फत फाईल सेयरीङ्ग गर्ने सुबिधा दिन्छ ।
अर्थात तपाईले आईफोन मा ड्रपबक्स ईन्सटल गर्नु भएको छ भने तपाईको कम्प्युटरको ड्रपबक्स फोल्डरमा भएको फाईल फोन बाट एक्सेस गर्न सक्नु हुन्छ । त्यस्तै आईफोनमा खिचेको फोटो ( आईफोन को ) ड्रपबक्स फोल्डरमा राखि दिनु भयो भने स्वत त्यो फाईल तपाईको डेक्सटप कम्प्युटरमा देखा पर्दछ । तर यसको लाई ति डिभाईसहरुमा ईन्टरनेट जोडीएको हुनु पर्दछ ।
वुला ले १ जिबी स्पेश दिन्छ भने स्काई ड्राईभ र सुगरसिङ्कले ५ जिबी स्पेश निशुल्क दिन्छ । त्यस्तै स्पाईडरओक र ड्रपबक्सले २ जिबी स्पेश निशुल्क दिन्छ । तर यदी कसैलाई ड्रपबक्समा सो सेवा प्रयोग गर्न कसैलाई ईन्भाईट गरी निजले प्रोग्राम ईन्सटले गरे प्रति अकाउण्ट २५० MB का दरले बढाएर ८ जिबी सम्म पुर्याउन सकिन्छ । स्काईड्राईभ पुर्णत निशुल्क सेवा हो भने अन्य प्रोग्राम शुल्क तिरेर तिनीहरुले दिने सेवा सुबिधा थप गर्न सकिन्छ । प्रत्येक हटमेल ईमेल अकाउण्ट सँगै जोडीएर आउने स्काईड्राईभ सेवा माईक्रोसफ्टको प्रोडक्ट हो ।
यो लेख मिती २०६८ श्रावण १२ को ब्लाष्ट पत्रिका मा प्रकाशित भएको हो । पत्रिकामा छापीएको जसरी पढ्नको लागी यहाँ क्लीक गर्नु होस ।
1 comment:
निकै राम्रो लेख । मलाई चाहि स्काइड्राइभ मन पर्यो र प्रयोग पनि गरिरहेछु ।
Post a Comment