तपाई नियमित ईमेल चलाउनु हुन्छ र कुनै पनि वेला वेव साईट हेर्दा हेर्दै कुनै पेजमा पुगेर ईमेल एड्रेस दिनु पर्ने अवश्थामा धेरै सोझो पल्टेर ईमेल ठेगाना दिने गर्नु भा छ भने तपाँईको ईनबक्समा तपाईले चाहदा नचाहदा पनि
स्पाम मेल आउने गरेको हुनु पर्छ । तर यस्तो हुदाँ यसलाई ब्यबश्थापन गर्न पट्टी नलागेर दिक्क मानेर त्यसै छोडि दिने गर्नु भा भए तपाँई कुनै दिन साच्चै ले
लोट्टो परेको दिन पछुताउनु हुनेछ । जिमेल वाट शुरु भएको ईमेल क्रान्तीले स्पाम नियन्त्रणमा केहि न केहि कदम चालिनै रहेको छ तर पनि तपाईको नजिकै मान्छेको नाम र ठ्याक्कै त्यही ईमेल ठेगानावाट वाट म आपत मा परे मलाई पैसा पठा भनेर कुनै दिन ईमेल प्राप्त गर्नु भो भने मनै त हो साच्चै आपतमै पो परेको हो कि भनेर पैसा पठाउन पट्टि लाग्नु हुन्छ ।
यो त भयो समस्याको कुरा ! अब हामी सामाधान पट्टी लागौ । अझ भनौ जिमेलको
ओपन सिक्रेट बारे जसको साहयताले तपाई आफ्नो ईमेलमा वाट रियल र स्पाम मेल छुट्याउन सक्नु हुन्छ ।
मानि लिउँ तपाईले
[email protected] ईमेल ठेगाना दर्ता गर्नु भएको भए तपाँईले नमागेको भए पनि देहायका ईमेल ठेगाना गुगले तपाईकै नाममा दर्ता भईसकेको हुन्छ ।
सिधै भन्दा जिमेल ले युजरनेममा हुने डट क्यारेक्टर लाई ईग्नोर गरि रहेको हुन्छ अझ भनै जिमेल को ईमेल ठेगान केस सेन्सेटिभ हुन्न । (
धन्यवाद आकारपोष्ट !)
तर कुरा यति मात्र हैन गुगल ले ईमेल बनाउदा अर्को डोमेन नेम मा पनि अटोमेटिकल्ली ईमेल ठेगाना बनाई रहेको हुन्छ । उदारणको लागी तपाईले
[email protected] ईमेल रजिष्टर गर्दा गुगलले
[email protected] पनि तपाँईको नाममा दर्ता गरि दिई रहेको हुन्छ ।
त्यसैले मानि लिनुस तपाँईले
[email protected] भन्ने ईमेल खाता खोल्नु भा भए सर्वसाधरणको लागी तपाँई आफ्नो ईमेल ठेगाना त्यही दिनुस र
[email protected] लाई चाँही आफ्ना नजिकका र महत्वपुर्ण वार्तालाप हुने हरुलाई दिनुस ।

अव यो
[email protected] मा आउने ईमेललाई पर्सनालाईज्ड गर्न जिमेल ईन्बक्सको सेटिङ्गसमा जानुस अनि फिल्टर चुज गर्नुस र नयाँ (ईमेल) फिल्टर चुज गर्नुस । अब फिल्टर अप्सनमा to मा
[email protected] लेख्नुस र Next Step मा क्लिक गरी Apply the label मा क्लिक गरी लेबल चुज गर्नु होस (जसमा @google.com मा भनेर आएको ईमेल जम्मा हुन्छन । )

पहिलो चोटी यसो गर्दै हुनु हुन्छ भने नयाँ लेवल बनाउनुस र पछी त्यसैलाई क्लिक गर्नुस। अझ यो एड्रेसमा आउने ईमेल ईनबक्समा नआवोस भन्ने हो भन्ने चाहने भने Skip the Inbox मा क्लिक गर्नस । यसो गर्दा तपाईलाई @googlemail.com मा ईमेल पठाउनेहरु सवै को ईमेल एउटा फोल्डर (जिमेलको भाषामा label) मा गएर बस्छ यसो गर्दा तपाईलाई प्राथमिकता निर्धारण गर्न र फेक र रियल ईमेल छुट्ट्याउन सजिलो पर्छ । अझ जुन पायो त्यही साईटमा आफ्नो ईमेल ठेगाना दिने (दिनु पर्ने हुन्छ भने पनि ) गर्नु भा छ भने तपाईले साधारतय प्रयोग गर्ने गरेको ईमेलको विचमा डट हाल्दिनुस र फिल्टर गरेर एउटा ईमेलमा सेभ गर्नुस र फुर्सद मा त्यसलाई हेरेर मन लागे डिलिट गरि दिनुस ।
1 comment:
जिमेल को दुइवटा इमेर अाइडि चलाउदा धेरै भइ रहेको थियो, अब त भन कति हो कति,
Post a Comment