वैकल्पीक एसक्युएल (My SQL) टुल्स
Saturday, May 24, 2008
पिएचपी माईएडमिनयो एक व्राउजर वेस्ड पिएचपि मा लेखिएको माई एसक्युएल (My SQL) एडमिनिस्ट्रेशन टुल हो । ईन्सटल गरेको वखतमा साधारण कन्फिग्रेसन गर्ने वाहेक यो चलाउन सार्है सजिलो छ। तपाईलाई माई एसक्युएलका सबै (My SQL) क्वाईरी हरु राम्रो सँग आउदैन भने पनि यसको साहायताले राम्रै डाटावेस वनाउन सक्नु हुन्छ। लिन्कस वेस्ड वेभ सर्भरहरुमा अधिकांशत यही प्रोग्राम प्रयोग गरीन्छ।
http://www.phpmyadmin.net/home_page/demos.php
माई एसक्युएल जियुआई टुल्समाई एसक्युएल (My SQL) आफैले विकास गरेको जियुआई टुल्स आफै पनि कालो स्क्रीन देखेर भाग्ने प्रयोगकर्ताको लागी माई एसक्युएल (My SQL) चलाउने राम्रो विकल्प हुन सक्छ। यो विभिन्न प्रयोगको लागी प्रयोग गरीने विभिन्न प्रोग्राम हरुको संग्रह पनि हो यसमा माईक्रोसफ्ट एक्सेसको डाटावेसलाई माई एसक्युएल (My SQL) मा रुपान्तरण गर्ने जियुआई टुल्स देखी माई एसक्युएल (My SQL) का कप्लेक्स क्वाईरीहरुलाई डिबग गर्ने माई एसक्युएल (My SQL) क्वाईरी व्राउजर सम्म उपलब्ध छ। http://www.mysql.com/products/tools/administrator/
टर्बोडिबीएडमिनयो एक अज्याक्स मा वनेको वेभ वेस्ड एप्लीकेशन हो यसको साहायताले माई एसक्युएल (My SQL) र PostgreSQL को डाटावेस चलाउन सकिन्छ। यसमा समस्या परेको खण्डमा रिस्टोर गर्न सकिने गरि डाउनलोड गर्न मिल्ने गरी डाटावेसको ब्याकअप राख्न सकिन्छ। http://www.turboajax.com/turbodbadmin_demo/
ईएमएस एसक्यएल मेनेजर
यो एक माई एसक्युएल (My SQL) डेभलपमेन्ट टुल हो जसको लाईट भर्सन निशुल्क उपलब्ध छ। यसमा ग्राफिकल ईन्टरफेसमा नै सम्पुर्ण कार्य गर्न सकिन्छ। यस प्रोग्रामा स्यान्टेक्स हाईलाईटिङ्ग फिचर भएको हुनाले आफुले लेखेको क्वारी सजिलै सँग पढ्न सकिन्छ। http://www.sqlmanager.net/en/products/mysql/manager/matrix