अन्तीम पोष्ट

यस ब्लगमा अब तपाईहरुले नयाँ पोष्ट पढ्न पाउनु हुने छैन । यो नै अन्तीम पोष्ट हो  । यद्दपी काम लाग्ने कुरा केही भेटि हाल्छ कि भन्ने सोच्नु भएको भए यहाँ क्लिक गर्नुहोस । नेपाली युनिकोड सम्बन्धी सामग्रीहरु खोज्दै यहाँ आईपुग्नु भएको भए यहाँ क्लिक गर्नुहोस । नेपाली युनिकोडको ट्रेडिशनल तथा रोमनाईज्ड किवोर्ड लेआउट लगायत युनिकोड बाट ट्रेडिशनल अनि ट्रेडिशनल बाट युनिकोड फन्ट परिवर्तन गर्ने सफ्टवेयर डाउनलडो गर्ने लिङ्क पनि यसै पेजमा भेट्नु हुन्छ । 

भारतमा डिजिटल ईण्डीया

गत हप्ता झण्डै साढे एघार हजार फलोवर भएको बेला प्रधानमन्त्री सुशील कोइरालाको ट्वीटर खाता सरकारी नियन्त्रणबाट बाहिर गयो ।  धन्य ह्याकरहरुले त्यसलाई जधाभावी गरेनन । आधिकारिक भनिएको प्रधानमन्त्री कोइरालाको उक्त ट्वीटर खाता खोलेको तिन महिना पनि पुगेको थिएन । यसबिचमा एक पटक ह्याक भएर पुन: सञ्चालनमा आएको छ । उता छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आधिकारिक ट्वीटर खाता मा पौने छ लाख फलोवर छन् । कम्तीमा आज सम्म सरकारी नियन्त्रण बाहिर गएको सुनिएको छैन । त्यसो त सामाजिक, राजनैतिक र  कतिपय अवस्थामा आर्थिक रूपमा पनि नेपाल जस्तै भनिने भारत र भारतीय प्रधानमन्त्रीको कार्यशैली सँग नेपालका प्रधानमन्त्रीको कार्यशैलिको तुलना गर्दा कम्तीमा नेपालको पक्षमा सन्तोषजनक नतिजा हात पर्देन । प्रधानमन्त्री कोइराला भर्खरै एक वरिष्ठ पत्रकारलाई राज्यमन्त्री स्तरको पद दिएर प्रेस सल्लाहकार नियुक्त गरे पछि सामाजिक सञ्जालमा देखा परे भने मोदिले आफू प्रधानमन्त्री बन्ने कुरालाई सामाजिक सञ्जालमै ठुलो चर्चाको विषय बनाए । ट्वीटर फेसबुक जस्ता सामाजिक सञ्जालमा उपस्थितिको हिसाबले भारतीय प्रधानमन्त्रीको तुलना अमेरिकी राष्ट्रपति सँग गरिन्छ ।

नेपालमा स्टार्टअप बिजनेश

पुरातन व्यबशायिक सोचलाई उपल्ब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी फरक तरिकाले कार्यन्वयन गर्ने व्यबशायिक सोचलाई चलनचल्तीको भाषामा "स्टार्टअप बिजनेश आईडिया" भनिन्छ । नेपालमा खासगरी सूचना प्रविधिको क्षेत्रमा नजिक रहेका  युवा अवस्थाका युवा युवातीहरुले आफ्नो करियरकाई एक चोटि स्टार्टअप बिजनेशको रूपमा परीक्षण गर्ने गरेका छन् । कति यसमा सफल भएका छन् भने कति असफल ।  हुनलाई कुनै पनि ब्यबशायिक सोचलाई सफल र असफल भनेर व्यवसाय सुरु गर्नु अगाडीनै ठोकुवा गर्न सकिदैन । प्रारम्भमा असफल देखएका स्टार्टअप बिजनेशहरु कालान्तरमा सफल भएका पनि देखीन्छन भने सफल र सरल देखिने स्टार्टअप बिजेनेश आईडियालाई लक्ष्यीतवर्गले रुचि नदेखाउदा असफल पनि भएका प्रशस्त उदारणहरु छन् ।  कतिले आफ्नो स्टार्टअप आईडियालाई ठुला ठुला कम्पनीलाई बेच्दै रातारात लखपती बनी रहेका छन् भने कोही आफ्नो व्यपार फैलाएर करोडपती बन्ने धाउन्नमा छन् । एक पछि अर्को असफलता भोग्नेहरु पनि प्रशस्त छन् । बिकासोउन्मुख एसियाली राष्ट्रका केही सफल स्टार्टअप बिजेनेशलाई अमेरिकी ठुला कम्पनीहरूले समेत खरिद गरी त्यसकेका छन्   । नेपालमा हाल सम्म कुनै पनि स्टार्टअप कम्पनीलाई विदेशीहरूले खरिद गरीसकेको सुन्नमा नआएको भए पनि स्थानीय बजारमै राम्रो गरी रहेका युवाहरू प्रशस्त छन् ।  बिज्ञहरुको बुझाइमा धेरै पैसा कमाउने स्टार्टअप कम्पनी मात्र सफल कम्पनी हैन । लक्ष्यीत वर्गलाई अकल्पनीय रूपमा सेवा पुर्याउने स्टार्टअप कम्पनीहरू पनि सफल कम्पनीहरू हुन । जस्तो कि :

भूकम्प पीडितलाई इन्टरनेट बाट सहयोग सङ्कलन

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गर्नेहरुको नामावली सरसर्ती हेर्ने हो भने नागरिक सहभागिता त्यस्तो बिघ्न उत्साहवर्धक देखीदैन । कोषको रकममा संस्थागत सहभागिता उल्लेखनीय छ । त्यसमा पनि धेरै कर्मचारीहरू कार्यरत सस्थामा सामूहिक यती दिनको तलब भनेर कट्टा गरिएको रकम विशेष छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नामबाट राहतकोषमा एक करोड सत्ताईस लाख जम्मा भएको छ ।  राष्ट्रसेवक होस वा सर्वसाधरण, कोषमा स्वच्छीक सहभागिता जति मात्रमा हुनुपर्ने हो त्यस्ती नभएको जस्तो देखिन्छ । कोषमा तिन अर्ब उनान्चालिस करोड रुपयाँ हुदाँ स्वेच्छीक सहभागितामा सर्वसाधरण नागरिकबाट प्राप्त रकम कति हो भन्ने प्रश्न गहन छ । कोषमा जम्मा भएको रकमको हिसाबकिताब दुरुष्त राखीए पनि अन्य मन्त्रालयमा निकासा भै खर्च भैजाने रकमको पारदर्शिताको बारेमा साधिएको मौनताले नागरिकलाई कोष प्रति उत्साह जगाउन नसकिएको हुन सक्छ । हुनपनि दाता जहिले पनि आफूले दिएको रकमको सम्बन्धमा बिश्वास्निय हुन खोज्छ । राज्यले सर्वसाधरणलाई विश्वास दिलाउनुको साटो कोषको बारेमा प्रश्न उठाएकै भरमा सर्वसाधरणलाई प्रहरी लगाएर पक्रिएर लगेकै भरमा कोषमा पैसा उठ्ने हैन ।

ट्वीटर पावर : #GoHomeIndianMedia

गत वैशाख १२ गते माहाविनासकारी भूकम्प  गएको २४ घण्टा नबित्दै रिपोर्टर नेपाल पठाएर समाचार दिन सुरु गरेका भारतीय टिभी च्यानलहरु भूकम्प पछीको २०० घण्टा बिती सक्दा पनि ब्रेकिङ्ग न्युज दिन छोडिरहेका थिएनन । प्रारम्भमा नेपाली टेलिभिजन च्यानलहरुको उपस्थिति र रिपोर्टिङ्ग प्रभावकारी नभएको भनेर गुनासो गर्ने दर्शकहरु पनि भारतीय टेलिभिजन च्यानलको रिपोर्टिङ्ग गर्ने शैलि सँग आजित भैसकेका थिए । सुरु सुरुमा नेपाली टेलिभिजन च्यानल नपुगेको ठाँउमा समेत पुगेर रिपोर्टिङ्ग गरिरहेको भारतीय टेलिभिजन च्यानल पछि पछि त्यसको प्रस्तुति शैलिको कारण जनमानमा अपाच्य हुन थालिसकेको थियो ।  कोठे गफ देखि चिया पसल सम्ममा  भारतीय टिभी च्यानलको गैरजिम्मेवारीपनको बारेमा गफ हुन थालेको थियो । प्रविधिमा निर्भर नेपाली युवापुस्ता त्यसमा पनि सामाजिक सञ्जालमा सक्रिय तन्नेरीहरु माझ यो विषय अक्षुत रहन सकेनन् । अनि सामाजिक सञ्जाल वेबसाईट ट्वीटर डट कम बाट खबरदारी सुरु भयो "घर फर्क भारतीय मिडिया" भन्दै ।

नेपालको महाभुकम्पमा प्रविधी

नेपालमा सरकारी संयन्त्रको सत्तोसराप गर्दा नछुट्ने नामहरू दूरसञ्चार र टेलिभिजन च्यानलहरुले गत सप्ताह आएको प्राकृतिक प्रकोपमा हताहत हुदाँ सबभन्दा बढी आवश्यकता पर्ने सञ्चारको साधनलाई सुचारु गर्नेको लागी नेपालको सरकारी सेवा मात्र हैन विदेशी बहुराष्ट्रीय कम्पनीहरूले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गरेका थिए । जस्तो कि भूकम्प गएको चौबिस घण्टा बित्न नपाउदै इन्टरनेटको माध्यम बाट मोबाइलमा जस्तै कुरा गर्न सकिने एप्लीकेशन भाईबरले नेपालबाट बाहिर जाने र नेपालमा आउने कलहरुमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको थियो भने त्यसको केही दिन पछि हाल माईक्रोसफ्टको स्वामित्वमा रहेको भाईबर जस्तै इन्टरनेटको माध्यमबाट निःशुल्क फोन गर्न सकिने एप्लीकेशन स्काईप बाट पनि निःशुल्क फोन गर्न सकिने व्यवस्था मिलाईएको थियो  ।

कोरा डट कमः एक उपयोगी वेबसाइट

दश मिनेटमा सिक्न सकिने तर जिन्दगीभरि काम लाग्ने कुरा के हो ?
स्टीभ जब्स (एप्पल कम्पनीका संस्थापक) ले आफ्नो क्यान्सर उपचारलाई किन गम्भीरतापूर्वक लिएनन् ?
चर्चित कोरियन गीत ‘गननम स्टाइल’ को म्युजिक भिडियोमा पहेँलो सुटमा नाच्ने कलाकार को हुन् ?
गाडीमा लामो दुरी यात्रा गर्दा यात्रुको तुलनामा किन सवारी चालकलाई बढी ढाड दुखेको अनुभव हुन्छ ?
सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमाथि आक्रमण गरेको बखत त्यही टावरभित्रै हुँदा कस्तो अनुभव हुँदो हो ?

कोरा डट कममा सोधिने यी केही प्रतिनिधि प्रश्नहरु हुन् । हुनलाई यीभन्दा अलि बढी नै बहुलठ्ठी लाग्ने प्रश्नहरु पनि
सोधिन सक्छन् । साधारणतया मनमा आएर पनि अरुलाई सोध्न नसकिरहेका धेरै प्रश्नहरु यस वेबसाइटमा देख्न सकिन्छ । उदाहरणका लागि, यसै वेबसाइटमा एक प्रयोगकर्ताले सोधेको प्रश्न मनन् गरौं । ‘भगवान् श्रीरामको सट्टामा भगवान् श्रीकृष्ण हुँदा हुन् त उनले रावणलाई के गर्थे होलान् ?’ अवश्य पनि यो प्रश्नको उत्तर सहज छैन । कम्तीमा ‘महाभारत’ र ‘रामायण’ का बारेमा राम्रो ज्ञान भएका वा अझ भगवान् श्रीकृष्णको चरित्र अध्ययन गरेका मान्छेहरुले मात्र तार्किक उत्तर दिन सक्छन् ।

युट्युबमा नेपाली चलचित्र

यदि तपाईँ सरकारी स्वामित्वको इन्टरनेट सेवा प्रदायक नेपाल टेलिकमले वितरण गरेको इन्टरनेट चलाउनु हुन्छ भने पछिल्लो समयमा आएर याद गरेको हुनु पर्छ याहु , जिमेल, फेसबुक लगायतका वेबसाईट मुस्किलले लगईन भैरहदाँ युट्युबमा केही भिडियोहरु नरोकिकन चलिरहेको हुन्छ । कतिपय अवस्थामा साढे दुईघण्टाको हिन्दी तथा नेपाली चलचित्र एकैछिन पनि नरोकिईकन हेर्न सकिन्छ । नेपाल टेलिकमको जावलाखेल स्थित कार्यलयमा गुगलले आफ्नै क्याचे सर्भर राखेको हुनाले बारम्बार हेरिरहने भिडियोहरु त्यसैबाट प्रसारण हुने हुदाँ त्यति छिटो चलेको हो ।  यसो गर्दा नेपाल टेलिकम तथा गुगल दुवैको ब्याण्डविथ बचत भैरहेको छ भने प्रयोगकर्ताले सहजरुपमा युट्युबको सेवा प्रयोग गर्न पाइरहेका छन् ।

नेपाली इन्टरनेट प्रयोगकर्ताहरु पछिल्लो चरणमा आएर इन्टरनेटबाटै गीत सङगीत सुन्ने तथा पुराना र नाम चलेका हिन्दी तथा नेपाली चलचित्र तथा संम्भव भए सम्म लोडसेडिङगके कारणले हेर्न नपाएको टेलिभिजन कार्यक्रम हेर्ने कुरामा बानी पर्दै आइरहेका छन् । नेपाली चलचित्रहरुको युट्वुब च्यानलको लोकप्रियता र कतिपय गायक गायिकाकहरुले युट्वुबबाटै आफ्नो म्युजिक भिडियो सार्वजनिक गर्ने क्रम बढेबाट यो कुरा पुष्टि गर्न सकिन्छ । पछिल्लो समयमा फरकधारका भनिएका केही चलचित्रको प्रोमोसन भिडियो पनि ट्युबबाटै प्रसारण गरिएको थियो । राजबल्लभ कोइराला अभिननित चलचित्र राघवलाई त हलमा आउनु भन्दा पहिले नै युट्बमा राखिएको थियो । हलमा पुगेर दशलाख दर्शकले हेरेकि हेरेनन निर्माता नै जानुन तर राजेश हमाल, करिश्मा मानन्धर अभिनित चलचित्र किन किन लाई यो लेख तयार गर्दा सम्ममा अठार लाख भन्दा बढीले हेरी सकेका छन् । भारतीय टिभी च्यानलमा प्रसारण हुने कमेडीनाईट विथ कपिल , नेपालबाट प्रसारण हुने भद्रगोल आदी युट्युबमा रुचाईएका टेलिभिजन कार्यक्रमहर हुन ।

फेसबुकबाट गुगलको कमाई

पछिल्लो पटक फेसबुक चलाएको बेला तपाईँले आफ्नो फेसबुक टाइमलाईन राम्ररी याद गर्नु भएको भए त्यसमा केके न होला भनेर कौतुहलता सिर्जना गर्ने खालको कुनै वेबसाईटको लिङ्क देख्नु भएको हुन सक्छ । साधरणतय कुनै ब्रोडसिट दैनिक वा विदेशी अनलाइन पोर्टलबाट साभार गरिएका त्यस प्रकारका सामग्रीहरू विशेशत यौन, कुनै सेलीब्रेटीहरुको बारेमा फैलिएको अफवाह वा स्वास्थ्य समस्या सँग सम्बन्धित जानकारी  हुने गर्दछ । अझ त्यस लिङ्कमा क्लिक गरेर वेबसाईटमा हेर्ने हो त्यस्ता वेबसाईटहरु निःशुल्क रूपमा होष्ट गर्न मिल्ने ब्लगस्पट डटकम को सब डोमेनमा हुने गर्दछन । हम्मेसी त्यस्ता वेबसाईटहरुका डिजाईन चित्ताकर्षक देखिदैनन । फेसबुकमा देखिए जस्तो सामग्री पनि विषयवस्तु सान्दर्भिक वा पूर्ण नहुन सक्छ । तर साम्रगीको बिच र छेउमा ठुला ठुला विज्ञापन देखिन सक्छन् । वास्तवमा ती वेबसाईटहरु फगत गुगलको विज्ञापन सेवा गुगल एडसेन्स बाट पैसा कमाउने उधेश्यले निर्माण गरिएका हुन ।

वेबहोष्टीङ्ग व्यपारको सञ्जाल

होष्टमन्सटर, ब्लुहोष्ट, डिरेक्ट्री, आईपेज, रिसेलरक्लब, नेटफर्म्स आदी मध्ये कुनै पनि एक वेबहोष्ट कम्पनी छोडेर अर्को वेबहोष्ट कम्पनी रोज्ने बिचार गर्दै हुनुहुन्छ भने तपाईँलाई जानकारी रहोस तपाईँ नयाँ केही गरीरहनु भएको छैन फगत ब्राण्डनेम परिवर्तन गर्दैहुनुहुन्छ । माथि उल्लिखित कम्पनीहरूको मालिक अझ भनौ कम्पनीको भावी योजना, सिस्टम सेक्युरिटि, ब्यपार रणनिति बारे निर्णय गर्ने बोर्डअफ डाईरेक्टरहरुको समुह एकै हो । सर्वसाधरण प्रयोगर्कताहरुलाई उल्लेखित वेबहोष्ट कम्पनीहरुको डाटा सेन्टर, सिस्टम इन्जिनियर र तिनीहरूको पर्फमेन्सहरु फरक फरक हुने हुनाले EIG (Endurance International Group) अन्तर्गतका वेबसाईटहरुको एकै होलान् भन्ने अनुमान गर्न गार्हो हुने गर्दछ ।

विकिपेडियामा उल्लेख भए अनुसार अमेरिकामा मुख्यालय रहेको ईन्डुरस ईन्टरनेशनल ग्रुप यस्ता सानाठुला वेबोष्टींङ्ग कम्पनीहरूलाई अधिग्रहण गरेर वेबहोष्टिङ्ग बिजनेशको ठुलो हिस्सामा आफ्नो पकड जमाएको छ । आफूले अधिग्रहण गरीसकेको भए ता पनि ब्राण्डनेम परिवर्तन नगरी कम्पनीको पुरानै शाखको आधारमा ब्ययपार गरिरहेको EIG सँग हाल  तीस लाख वेबसाईट र एक करोड जति डोमेननेम हरू रहेको बताईन्छ ।

फेसबुकमा नेपाली सेलिब्रेटीहरु

सार्वजनिक महत्वको अलि संवेदनशील विषयमा नायिका रेखा थापाले मुख मात्र खोलिन भने पनि केही रङ्गपत्रकार हरुलाई काम पुग्छ । उनको बैद्धीकताको धज्जी उडाईन्छ । विगतमा उनले  दिएका विबादस्पद अन्तर्वाताहरुको सामाजिक सञ्जालमा छ्यासछ्यास्ती सेयर गरिन्छ । यति हुदाँ हुँदै पनि सामाजिक सञ्जाल वेबसाईट फेसबुकमा रेखा थापा नेपाली चलचित्र उद्योगका चलचित्रकर्मीहरुमा सबभन्दा बढी रुचाईएकी नायिका हुन । उनको फेसबुकमा खासै गहन विषयवस्तु हुदैन । अझ कतिपय अवस्थामा त उनको स्टाटस पनि अरू कसैले लेखि दिए झैँ लाग्छ । उनको फेसबुक वालमा देखिने कुरा भनेकै विभिन्न पत्रपत्रिकामा तथा अनलाइन पोर्टलहरुमा छापिएको उनको समाचार , उनकै फिल्मको प्रोमोशनल पोष्टर , विभिन्न कार्यक्रममा खिचिएको उनको फोटो आदी हुन । उनको फेसबुक पेजलाई साढे बार्हलाख प्रयोगकर्ताहरुले लाईक गरेका छन् र आफ्नो फेसबुक पेजमा सबभन्दा बढी लाईक पाउने सेलिब्रेटि यिनै हुन । यसका अतिरिक्त अरु पनि उनको नामबाट बनाईएका केही फेसबुक पेज छन । जसलाई कसले चलाउछ भन्ने जानकारी छैन ।

फेसबुकमा भारतीय सेलिब्रेटीहरु

पछिल्लो समयका चर्चित भारतीय गायक हनि सिंह पुराना जमानाका जानेमानेका सबै हस्तीहरुलाई पछि पार्दै फेसबकुमा सबैभन्दा बढी फ्यान फलोवलर भएका भारतीय सेलिब्रेटीहरुको सुचीमा एक नम्बरमा परेका छन् । योयो हनि सिहं भनेर चिनिने यी गायकको फेसबुक पेजलाई लगभग पौने तिन करोड फेसबुक प्रयोगकर्ताहरुले लाईक गरेका छन् । यिनको फेसबुक पेजलाई लाईक गर्नेहरुमा भारतियहरु पछि पाकिस्तानी , बङ्गलादेशी अनि त्यसपछि नेपालीहरू छन् । यिनका कुल फलोवरहरुको सात प्रतिशत प्रयोगकर्ताहरु नेपाली छन् ।

सामाजिक सञ्जाल वेबसाईट प्रयोगकर्ताहरुको हिसाबकिताब राख्ने वेबसाईट सोसलबेकर डट कमको अनुसार फेसबुकमा हनि सिंह पछि रुचाईएका भारतीय सेलिब्रेटिहरुमा नायिका दिपिका पादकुकोन,  क्रिकेटर सचिन तेण्डुलकर , गायिका श्रेया घोसल , नायक सलमान खान , संगितकार एआर रहमान, क्रिकेटर बिराट कोहली , महानायक अमिताभ बच्चन, गायक सोनु निगम र कमेडियन कपिल शर्मा पर्दछन ।

नेपाल टेलिकमको ADSL इन्टरनेट सम्बन्धी केही जानकारी

नेपाल टेलिकमले सञ्चालनमा ल्याएको ADSL इन्टरनेट सेवा आफैमा भरपर्दो छैन तर पनि कतिपय अवश्थामा सम्बन्धीत निकायले ग्राहकका गुनासो राम्रो सँग नसुनिदा ग्राहकलाई झनै हैरानी हुन्छ । सर्वसाधरणको जानकारिको लागी केही सुझावहरु प्रश्नोत्तरको रुपमा यहाँ दिईएको छ ।

ADSL भनेको के हो ?

ADSL (Asymmetric Digital Subscriber Line) PSTN टेलिफोन सेवा अन्तर्गत Copper wire मा आधारित इन्टरनेट सेवा हो । यसमार्फत एकैपटक इन्टरनेट र टेलिफोन (Data & Voice) सेवा उपभोग गर्न सकिन्छ । नेपाल टेलिकमले वि.सं. २०६५ साल बैशाख महिनादेखि काठमाडौं उपत्यकाबाट यो सेवा आरम्भ गरेको थियो । हाल यो सेवा नेपालका सबै जिल्लाहरुमा चालु रहेको बताईन्छ ।

नेपाल टेलिकमसँग हाल कस्ता कस्ता ADSL Package हरु छन ?

नेपालमा एसएमएस क्रान्ति

तोकिएको समयमा संविधान निर्माण गर्ने दबाब दिने अभिप्रायले अनेरास्ववियुका बिध्यार्थी नेताहरूले एसएएमएस मार्फत खबरदारी सुरु गरेका छन् । गत शुक्रवार देखी जारी उक्त अभियान अन्तर्गत केही दिन सम्मको लागी दैनिक तिनवटाका दरले सम्भव भए सम्म सबैसभासदहरुलाई एसएमएस पठाएर खबरदारी गरिने बताइएको छ । आफ्नै माउ पार्टीका सभासदहरुलाई समेत झक्झकाउन नछोड्ने भनेर सुरु गरिएको उक्त कार्यक्रमलाई धेरैले रचनात्मक सोच भनेर सर्हाना गरेका छन् । हुनलाई ठ्याक्कै यस्तै खालको कार्यक्रम केही समय पहिले गैरराजनैतिक समूहका तर्फबाट भनी धरानबाट पनि सञ्चालन गरिएको थियो । क्षेत्रीय रङ्गशाला धरानमा निर्माण गर्न दबाब दिने अभिप्रायले आयोजना गरिएको उक्त कार्यक्रमले आफ्नो उधेश्य प्राप्त गर्न नसके पनि रचनात्मक आन्दोलनको कार्यक्रम भनेर धेरैको मन जितेको थियो ।

नेपालको कुल जनसङ्ख्याको ८३ प्रतिशत जनसङ्ख्या सँग मोबाइलको पँहुच रहेको सरकारी आँकडाको अगाडी यस्ता एसएमएम आन्दोलनका कार्यक्रमहरूको खासै अकल्पनीय भने लाग्दैनन । सरकारी र निजी क्षेत्रका मोबाइल सेवा प्रदायकहरुले मोबाइलको सिमकार्ड बेचेको तथ्याङ्कमा आधारित यस तथ्यले बहुसङ्ख्यक नेपालीको एकाघरमा एक भन्दा बढी मोबाइल रहेको भन्ने देखाउछ । मोबाइलमा सर्वसाधरणको पहुँच बढे सँगै यसको उपयोग पनि बढेको छ । अहिले झगडियाहरुको लागी मुद्दाको पेशी कहिले छ भन्ने देखी विदेश जानभनेर तम्तयार युवायुवतीहरुको एमआरपी पासपोर्ट जिल्ला प्रशासन कार्यलयमा कहिले आयो भन्ने कुरा जानकारी एमएमएस बाट प्राप्त हुन थालेको छ ।

पासवर्डका विकल्पहरू

सामाजिक सञ्जाल लगायतका वेबसाईटहरुको बढ्दो प्रयोग सँगै प्रयोगकर्ताहरुमा त्यसको व्यवस्थापन सम्बन्धी कठिनाइ थपिदो छ । सम्झीन सजिलो हुने वा सबैमा एकै किसिमको पासवर्ड प्रयोग गर्दा त्यसलाई अरूले थाहा पाएर आफ्नो गोप्यता भङ्ग गर्देलान भने समस्या हुन्छ भने एकचोटी सुनेकै भरमा सम्झन गार्हो हुने कम्प्युटर सुरक्षाविज्ञहरुले भने जस्तो अङ्क , अक्षर र स्पेशल क्यारेक्टहरु समावेश भएको पासवर्ड प्रयोग गर्ने हो आफैले दोस्रो पटक सम्झीन नसकौला भन्ने डर रहन्छ । हुनलाई यस किसिमको समस्या तपाईँ हाम्रो मात्र हैन । ग्राफिक डिजानिङ्गको क्षेत्रमा नाम कहलिएको कम्पनी एडोबको सिस्टमबाट चोरी गरी सार्वजनिक गरिएको पासवर्डलाई कम्प्युटर सुरक्षा विषेशज्ञहरुले अनुसन्धान गरी निकालेको निचोडमा गतिलो पासवर्ड कम्प्युटर प्रयोकर्ताहरुको लागी आफैमा एउटा ठुलै समस्या रहेको देखिएको थियो । त्यस अध्ययनमा धेरैले “123456” र “password” भन्ने फ्रेलाई पासवर्डको रूपमा प्रयोग गरेको देखिएको थियो ।