नेपाली युनिकोड

नेपाली युनिकोड, पुरानो ब-क-मा-न कुञ्जिपठ जान्नेले परम्परागत कुञ्जिपठ (Nepali Unicode Traditional), त्यसैगरी अङ्ग्रेजी मात्र टाइप गर्न जान्ने तर कहिल्यै नेपाली टाइप नगरेकाहरूका लागि नेपाली रोमानीकृत कुञ्जिपठ (Nepali Unicode Romanized ) गरी दुई प्रकारका छन् । Traditional को keyboard layout पुरानो नेपाली फन्ट जस्तै प्रिति, आमा टेक्सटुअल, केबिना नर्मल आदिसँग मिल्छ । तर Nepali Unicode Romanized भने English keyboard layout सँग मेल खान्छ । नेपाली युनिकोडको प्रयोगले नेपाली भाषा शुद्धसँग लेख्न सकिन्छ । यसमा नेपालीमा प्रयोग हुने स्वर वा व्यन्जन वर्णका जुनसुकै अक्षर अलग्ग एउटै कुञ्जि (key) मा हुन्छ । 'ङ' निकाल्न अल्ट र ०१७० टाइप गरिरहनु पर्दैन र फ झ क्ष ष ण जस्ता अक्षर निकाल्न दुई तीन टुक्रा जोड्नु पनि पर्दैन । त्यसैगरी अ आ इ ई लगायतका बाह्रखरी र मात्राहरू पनि अलग अलग एउटै कुञ्जिमा हुन्छ। औकार दिन ा + ै गर्नुपर्दैन एकैचोटी ौ गरे पुग्छ । अप्ठ्यारा अक्षरहरू बनाउन पनि छुट्टाछुट्टै कुञ्जि सम्झनु पर्दैन ङ + ् + ग गरे आफैँ 'ङ्ग' बन्छ ।

एकठाउँमा बनाएको नेपाली डकुमेन्ट अर्को कम्प्युटरमा लैजाँदा कहिले फन्ट नमिल्ने र कहिले एउटा फन्टमा गरेको कुरा त्यो फन्ट नभएको कम्प्युटरमा खोल्न नसकिने, खुलिहालेमा पनि विग्रने जस्ता विभिन्न समस्याको समाधान नेपाली युनिकोड हो । युनिकोडले नेपाली (देवनागरी) लिपीका प्रत्येक अक्षरलाई अलग्गै कोड दिएको छ । त्यसैले यसको प्रयोगपछि नेपाली र अङ्ग्रेजीमा टाइप गरिएका कुरा फन्ट मिसिएर नबुझ्ने समस्या पूर्णरूपले समाधान भएको छ ।

परम्परागत रूपमा भन्दा युनिकोडमा टाइप गर्न अझ सजिलो हुन्छ । अङ्ग्रेजी र नेपाली कुञ्जिपठहरू बिच परिवर्तन गर्न विण्डोज कम्प्युटरमा Alt+Shift थिचेर गर्न सकिन्छ। यस्तै फेरी Alt+Shift थिच्तै पहिलेकै कुञ्जिपठ छान्न पनि सकिन्छ। त्यसतै अन्य सञ्चालन प्रणालीका आ-आफ्नै छोटकरी उपायहरू छन् । छानिएको कुञ्जिपठको बारेमा टास्क बारमा NP, NEP, Nepali, SA (नेपाली जनाउन), En, Eng, English (अङ्ग्रेजी जनाउन) आदि सङ्केतहरूले जनाउ दिन्छ । (साभार: शैलेन्द्र बजगाँई)

लिङ्क

- रोमन बाट नेपाली युनिकोडमा लेख्न यहाँ क्लिक गर्नुहोस ।
- युनिकोडमा लेखीएका सामग्रीहरुको शुद्दाशुद्दी परीक्षण गर्नुहोस । 
- नेपाली युनिकोडमा लेखीएको सामग्रीलाई कान्तीपुर फन्टमा रुपान्तरण गर्ने वेबसाईट
- समकालीन शब्दकोष (अनलाइन)

डाउनलोड

- ट्रेडिशनल नेपाली युनिकोड किवोर्ड लेआउट -  सफ्टवेयर (विन्डोज ७/८)
- रोमनाईज्य नेपाली युनिकोड किवोर्ड लेआउट - सप्टवेयर (विन्डोज ७/८)
- ट्रेडिशनल नेपाली युनिकोड किवोर्ड लेआउट - सफ्टवेयर (विन्डोज एक्स पी )
- रोमनाईज्य नेपाली युनिकोड किवोर्ड लेआउट -सप्टवेयर (विन्डोज एक्सपी )
- युनिकोड - ट्रेडिशनल - युनिकोड फन्ट परिवर्तन गर्ने सफ्टवेयर
- बृहत् नेपाली शब्दकोड (pdf)
- Nepali-English & English-Nepali Glossary (pdf)
Nepali-English Dictionary (pdf)