प्रतिश्पर्धामा ईन्टरनेट
Sunday, December 29, 2013
प्रतिश्पर्धात्मक ईन्टरनेट बजारमा टिकीरहनको लागी एप्पल, फेसबुक , याहु, माईक्रोसफ्ट अनि गुगल जस्ता ठुला कम्पनीहरुपनि सधैभरी केही न केही गरीरहेका हुन्छन । जस्तो कि आलोचकहरुले भन्ने गरेको प्रतिस्पर्धा सिमीत गर्नको लागी उदयीमान कम्पनीहरुलाई खरिद गरेर तिनीहरुको बजार आफ्नो पोल्टमा पार्ने देखी आफु सँग भएको सुबिधा परिमार्जन थपघट गरेर आफ्नो प्रयोगकर्ताहरुलाई आफै सँग राखी राख्ने आदी सम्मका कामहरु ठुला भनेर कहलिएका कम्पनीहरुने गर्ने गर्दछन । यो ठुला कम्पनीहरुको बाध्यता पनि हो किनभने आजका प्रयोगकर्ताहरु सचेत र चलायमान छन । कम्पनीहरु पनि प्रयोकर्ता भन्दा कम बाठा छैनन उदारणको लागी आफ्ना प्रयोगकर्ता घट्न नदिनको लागी एप्पल, फेसबुक , याहु अनि गुगल ले यस वर्ष आफ्ना उत्पादनमा गरेका केही फेरबदललाई बिचार गरौ ।
एप्पलले यसै वर्ष आईफोन फाईभ एस र सि गरेर दुईवटा मोडलका फोनहरु बजारमा ल्याईयो । बिकासोन्मुझ देशका प्रयोगकर्ताहरुलाई लक्ष्यीत गर्दै सस्ता फोन ल्याउला भनेर अनुमान गरीरहेका ग्राहकहरुलाई लोप्पा ख्वाउदै नयाँ उत्पादनको मुल्य त घटाएन तर प्रयोगकर्ताको एप्पल क्रेजलाई भने बढाई दियो । यसै वर्ष एप्पलले ल्याएको आऐओएस सेभेनको (मोबाईल अपरेटिङ्ग सिस्टम ) ले प्रयोगकर्तालाई लोभ्याई दियो भने डिजाईनरहरुलाई यसै किसीमको युजर ईन्टरफेस राम्रो हुन्छ भनेर सबक सिकाई दियो ।
छोडेर याहु पसेकी मरिसा म्यायरको उपस्थीती पछी बिसेषगरी याहुको युजर ईन्टरफेसमा ठुलै परिवर्तन आएको छ । तत्कालको लागी वेबसाईटको कन्टेन्ट र फिचरहरु उहि जस्तो लगे पनि याहुमा डिजाईन लगभग जम्मै परिवर्तन भएको छ । याहुमेल पहिलेको भन्दा चुस्त देखीन्छ । यसको मुख्यपेजमा राखीएका सामग्रीहरुको संयोजन प्रयोगकर्ताको मन लोभ्याउने खालको छ । बिज्ञहरुले पहिले भन्दा चुस्त मानेको याहुको मुख्य पेजमा पहिले जस्तो समाचार देखी मौसमसम्मको जानकारी नहटाईइको भए पनि प्रयोगकर्ताले आफुले खोजेको सामग्री सजिलै भेट्न सक्छन । अमेरिका देखी भारतसम्म कार्यलय स्थापना गरेर काम गरीरहेको याहुका कर्मचारीहरुको मनोबल उकास्न नयाँ सिईओले उल्लेखनिय काम गरेको भनिन्छ भने गत वर्षको तुलनामा याहुको लगभग ५० प्रतिशतले आम्दानी बृदी भएको छ । यसै वर्ष याहुले १ करोष दश लाख अमेरिकन डलरमा प्रसिद्द ब्लगिङ्ग वेबसाईट टम्बरल खरिद गरेको छ ।
झण्डै एक वर्ष अगाडी गुगलले नेपालको समय सम्मलाई आफ्नो सिष्टमा समाहित नगरीरहेको अवश्थमा यो वर्ष गुगल ट्रान्सलेट समेत नेपाली भाषामा उपलब्ध भयो । नेपालकै गुगल युजर्स ग्रुपहरु सक्रियो देखीए भने गुगले प्रयोगकर्तालाई दिईरहेको सुबिधामा शैक्षिक संस्था बाहेकको लागी गुगल एप्स निशुल्क रहेन । गुगल म्यापमा केही उल्लेखनिय परिवर्तन भए
सन २०१३ मा एप्पल

फेसबुको लागी सन २०१३
गतवर्ष देखी फेसबुकले आप्ना प्रयोगक्रताहरुलाई वर्षभरीमा फेसबुक गतीविधीलाई एक झलकमा प्रस्तुत गर्ने गरी ईयर्स रिभ्युको कन्सेप्ट बजारमा ल्याएको थियो भने यसवर्ष यसै तरिकाले प्रयोगकर्ताहरुले आफ्नो मात्र हैन साथीको पनि फेसबुक गतिबिधी नियाल्न सक्छन । त्यसो त फेसबुकको लागी २०१३ धेरै नै महत्वपुर्ण मान्न सकिन्छ । ह्यासट्यागको साहायताले फेबुकले स्टाटस सर्च गर्ने देखी फोटो कमेन्ट गर्ने फिचरहरु यसै वर्ष देखी प्रयोगमा आएको हो । यसै वर्षको गत नोभेम्बर देखी फेसबुकमा कसैको स्टाटसमाथी लेखीएको कमेन्टमाथी कमेन्ट गर्न थ्रेड कमेन्ट प्रयोगमा आएको थियो । सित्तैमा चलाईरहेका नेपालीहरुको फेसबुको आम्दानी सँग खासै ठुलो चाख भएको पाईदैन तर पनि फेसबुकको आम्दानीले यसको भबिष्यलाई सुनिस्चित गर्छ । यसै वर्ष फेसबुकले सवाचार करोड बराबरको सेयर सर्वसाधरणलाई बेच्यो भने यसका संस्थापक बिश्वप्रसिद्द फोबर्स पत्रिकाको धनाढ्यहरुको लिष्टबाट डगमगाएका छैनन ।याहुको लागी सन २०१३
स्थापनाको सोर्हौ वर्षगाँठ मनाईरहदाँ नयाँ सिईओको नेतृत्वमा याहुले नयाँ जिवन पाएको बताईएको छ । गुगलछोडेर याहु पसेकी मरिसा म्यायरको उपस्थीती पछी बिसेषगरी याहुको युजर ईन्टरफेसमा ठुलै परिवर्तन आएको छ । तत्कालको लागी वेबसाईटको कन्टेन्ट र फिचरहरु उहि जस्तो लगे पनि याहुमा डिजाईन लगभग जम्मै परिवर्तन भएको छ । याहुमेल पहिलेको भन्दा चुस्त देखीन्छ । यसको मुख्यपेजमा राखीएका सामग्रीहरुको संयोजन प्रयोगकर्ताको मन लोभ्याउने खालको छ । बिज्ञहरुले पहिले भन्दा चुस्त मानेको याहुको मुख्य पेजमा पहिले जस्तो समाचार देखी मौसमसम्मको जानकारी नहटाईइको भए पनि प्रयोगकर्ताले आफुले खोजेको सामग्री सजिलै भेट्न सक्छन । अमेरिका देखी भारतसम्म कार्यलय स्थापना गरेर काम गरीरहेको याहुका कर्मचारीहरुको मनोबल उकास्न नयाँ सिईओले उल्लेखनिय काम गरेको भनिन्छ भने गत वर्षको तुलनामा याहुको लगभग ५० प्रतिशतले आम्दानी बृदी भएको छ । यसै वर्ष याहुले १ करोष दश लाख अमेरिकन डलरमा प्रसिद्द ब्लगिङ्ग वेबसाईट टम्बरल खरिद गरेको छ ।
2013 मा गुगल
यो वर्ष गुगलको उल्लेखनिय गतीबिधी चर्चामा नआए पनि नेपाली प्रयोगकर्ताको लागी उत्साहको बर्ष रहयो ।झण्डै एक वर्ष अगाडी गुगलले नेपालको समय सम्मलाई आफ्नो सिष्टमा समाहित नगरीरहेको अवश्थमा यो वर्ष गुगल ट्रान्सलेट समेत नेपाली भाषामा उपलब्ध भयो । नेपालकै गुगल युजर्स ग्रुपहरु सक्रियो देखीए भने गुगले प्रयोगकर्तालाई दिईरहेको सुबिधामा शैक्षिक संस्था बाहेकको लागी गुगल एप्स निशुल्क रहेन । गुगल म्यापमा केही उल्लेखनिय परिवर्तन भए
No comments:
Post a Comment