सन्दर्भ : सोसल मिडीया दिवस - २०१३
Sunday, June 30, 2013
आज जुन ३० तारिखमा विश्वभर सोसल मिडीया दिवस मनाईदै गर्दा यसले सर्वसाधरणको दैनिक जिवनमा पार्ने प्रभाव बारे बहस छलफल हुदै गरेको देखीन्छ । इन्टरनेटमा आधारित विभिन्न वेब एप्लिकेसनहरूको माध्यमबाट गरिने सञ्चार पद्धति अर्थात सोसल मिडिया (Social media) ले धेरैको जिवनमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारेको छ । सोसल मिडीयाको बढ्दो प्रयोग र प्रभावको कारणले टाढा टाढा रहेका नाता गोता ईष्टमित्र को सन्चो बिसन्चो सोध्न महङ्गो दररेटको अन्तराष्ट्रीय टेलिफोन कल र चिठ्ठीपत्रको प्रयोग ह्वात्तै घटेको छ । हाम्रै देशमा पनि संचारको सुबिधा पुगेको धेरै स्थानमा स्काइप, गुगल आदी बाट जति नै टाढा रहेको मान्छेसँग पनि प्रत्यक्ष भिडियो कुराकानी गर्न सकिन्छ भने फ्लिकर, पिकासा आदिमा आफ्नो साथी सङगी हरुको अनगिन्ती फोटो हेर्न सकिन्छ । यो फोटो शेयर गर्ने प्रचलनले जो कोहीलाई आफु ब्यस्त भएर कुनै पनि कार्यक्रम छुटाई रहेको जस्तो लाग्न छोडेको छ । ट्विटर , फोरस्कावर, फेसबुक जस्ता वेब एप्लीकेशनले अहिले कहाँ हुनु हुन्छ के गर्दैहुनु हुन्छ वा के सोचीरहनु भएको छ भन्ने जाकारी तपाईको साथी सर्कलमा प्रवाह गर्दछ । आजभोली यही सोसल मिडीयाको बढ्दो प्रयोगको कारणले गर्दा नै बर्षै नदेखेको नभेटेको मान्छेको प्रत्येक क्षण नियाल्न पाईन थालेको छ । मुलत: ईन्टरनेमा सोसल मिडीया गतीबिधीलाई बिभिन्न समुहमा बर्गीकरण गरेर यसका कार्यहरु बिभाजन गरीन्छ जस्तो कि : जस्तो स्टाटस अपडेट गर्न, ब्लगमा लेख्न, भिडियो बजाउन तथा सेयर गर्ने आदी । सोसल मिडियाको स्वभाव, विशेषता र प्रचलनका आधारमा बिभिन्न समुहमा बर्गिकरण गरिएको छ । जस्तो
ब्लगिङ : ब्लग भनेको ईन्टरनेटमा तयार गरिने अनलाईन डायरी हो । यसमा तपाईले आफ्नो अनुभव र अनुभूतिलाई क्रमबद्ध्ररुपमा राख्न सक्नुहुन्छ । यसमा प्रसारण भएका सामग्रिहरुलाई माथी प्रतिक्रीया जनाएर प्रयोगकर्ताहरु पनि ब्यक्तीगत रुपमा सो कन्टेन्ट माथीको ब्लगीङग्मा सहभागी हुने गर्दछन । वर्डप्रेस , ब्लगस्पट, टम्ब्लर ब्लग को उदारण हुन । ट्वीटरको एक सय चालिस शब्दमा आफ्नो कुरा भन्नु पर्ने माईक्रोब्लगिङ्ग बेबसाईटको रुपमा बिकाश भएको हो । यसमा लेखकले विभिन्न शीर्षकमा आफ्ना सोच, विचार वा ज्ञान प्रकाशित गर्दछ । कुनै व्यक्ति वा सामूहिक रुपमा समेत लेख्न सकिन्छ । अचेल कतिपय ब्लगले मूलधारका सञ्चारमाध्यमलाई प्रभावमा पारेको ठानिन्छ ।
अध्यावधीक ब्यक्तीगत जानकारी : छिनछिनमा वस्तुस्थितिबारे जानकारी गराउने सुविधा भएका सोसल मिडिया यो समूहमा पर्दछन् । परम्परागत ब्लगहरूको तुलनामा थोरै मात्र विषयवस्तु एक पटकमा पोस्ट गर्न मिल्ने भएकाले यी वेबसाइटहरूलाई माइक्रोब्लग पनि भनिन्छ । छरिता वाक्यमा सूचना तथा विचार, तस्बिरहरू वा अन्य वेबसाइटको लिङ्क पठाउन यो सेवा महत्वपूर्ण मानिन्छ । ट्विटर, वेबो, टम्ब्लर लगायतका वेबसाइटहरू यसका उदाहरण हुन् । माईक्रोब्लग भनेर ब्लगिङ्ग समुहमा रहेको ट्वीटरको प्रयोग आजभोली फेसबुक जस्तो स्टाटस अपडेट वेबसाईटको रुपमा गणना गरीन्छ ।
सोसल नलेज : यस बर्गमा विकीपेडीया जस्ता समुदायमा आधारित वेबसाइट राखिन्छ । जसको कुनै पनि पृष्ठमा भएको विषयवस्तुलाई कुनै पनि प्रयोगकर्ताले निश्चीत प्रकृया पुरा गरेर सम्पादन वा परिमार्जन गर्न वा कुनै नयाँ विषयमा नयाँ पृष्ठ सिर्जना गर्न सदक्छ । प्रयोगकर्ताहरूको सामूहिक ज्ञान र सक्रिया सहभागीताबाट यस किसीमका वेबसाईटहरु सञ्चालन हुने गर्दछन ।
सोसल नेटवर्किङ : यसमा समान पृष्ठभुमी वा रुची भएका ब्यक्तीहरु एक अर्कामा परिचीत भई अन्तर्कृया गर्ने गर्दछन । परिचयको लागी यस प्रकारको वेबसाईटहरुमा प्रयोगकर्ताको ब्यक्तीगत प्रोफाईल रहने गर्दछ । फेसबुक , माई स्पेश, गुगल प्लस आदी सामाजिक सञ्जाल वेबसाईटहरुको उदारण हुन । यस किसीमका वेबसाईटहरुमा सीमाभित्र रहेर व्यक्तिलाई सार्वजनिक छवि निर्माण गर्न, सम्पर्कमा भएका अन्य प्रयोगकर्ताहरूसँग आफ्नो विचार अभिव्यक्त गर्न, एवम् सम्पर्क सूचिमा भएका अन्य व्यक्तिहरूका विचार, तस्बिर, गतिविधि तथा अन्य विवरण हेर्न वा मद्दत पुग्दछ ।
मल्टि–मिडिया सेयरिङ : यस समुह अन्तर्गत भिडियो तथा तस्बिरहरू आदानप्रदान गर्ने वेबसाइटहरू पर्दछन्, जसमा जो कोही प्रयोगकर्ताले आफ्नो रुची अनुसार मल्टीमिडिया कन्टेन्ट राख्न र हटाउन सक्दछ । प्रसिद्द ईन्टरनेट कम्पनी गुगलको युट्युब र पिकासा , याहुको फ्लिकर यसका उदाहरणहरू हुन् ।