फोन पे (Fone pay)
Sunday, January 13, 2013
शोखले लगाउने भनेको अर्कै कुरा हो , नत्र हाते घडी , टेलीफोन डायरी , केही अगाडी छ्यापछ्याप्ती देखीने वाकमेन आदीलाई मोबाईल फोनले बिश्थापन गरी सकेको छ । के तपाई अझै पनि एटीएम कार्डलाई पनि झिंझो मानिरहनु भएको छ ? वा आफ्नो बैक खातामा भएको पैसा अर्काकोमा ट्रान्सफर गर्ने काममा सम्भन्धीत बैकमै जानु पर्ने कामलाई दिक्क मानी रहनु भएको छ ? यदी त्यसो हो भने तपाई 'फोनपे' को प्रयोग गर्न सक्नु हुन्छ । यो एक एसएमएस सेवामा आधारीत मोबाईल ब्याङ्कीङ्ग हो । यसको प्रयोगले तपाई एक बैंकबाट अर्को बैकको खातामा फण्ड ट्रान्सफर गर्नुका अतिरिक्त यो सेवा उपयोग गर्ने गराउने सम्बन्धमा सम्झौता गरेका यसका मर्चेण्टहरु लाई तिर्नु पर्ने रकम भुक्तानी गर्न सक्नु हुन्छ । ठुलठुला खुद्राखाद्री समान पाउने पसल, रेष्ट्रुरेण्ट, ज्वेलर्स, मल्टीप्लेक्स आदीमा भुक्तानी गर्न सक्नु हुन्छ ।
फोनपे सेवा शुरु गर्ने फोनपे प्रा ली एफवान सफ्ट को भागीनी संस्था हो जसले ५० भन्दा बढी बैंक तथा वित्त संस्थालाई सफ्टवेयर सेवा दिएको छ । तर तत्काललाई फोन पे सेवा भने माछापुच्छ्रे, सनराइज र नविल बैंकबाट सुचारु गर्न सकिने बताईएको छ । यि बैंकका ग्राहकले त्यहाँ भएको खाताबाट ‘फोन पे’मा पैसा सार्न सक्नेछन् र खाता नहुनेहरुले ई-सेवा बाट फोनपे मा पैसा सार्न सक्नेछन । ई-सेवामा पनि ईन्टरनेट बैङ्किङ्ग बाट नै पैसा सार्ने हो तर यस सँग आबद्द बैकहरुको संख्या धेरै छ । फोनपे सेवा प्रयोग गर्नको लागी आफ्नो मोबाईलमा माथी उल्लेखीत बैकहरु वा ई-सेवा को एन्ड्रोईड, जाभा वा आईओएस अपरेटिङ्ग सिष्टममा आधारित मोबाईल एप्लीकेशन ईन्सटल गर्नु पर्छ । प्रयोगकर्ताले फोन पे खातामा आवश्यकता अनुसार रकम राख्न र खर्च सक्छ । हाल फोन पे खातामा रकम जम्मा गर्न प्रत्यक्षरुमा माछापुच्छ्रे, सनराइज र नविल बैंक र ई- सेवा मार्फत अप्रत्यक्ष रुपमा ग्लोबल आईएमई बैक, सिदार्थ डेभलपमेन्ट बैक, टुरिज्म डेभलपमेन्ट बैक, कैलाश बिकास बैक आदी आबद्द छन । यस सेवाको प्रयोग गरी ठुलो ठुलो कारोबार गर्नको लागी भने नेपाल राष्ट्र बैककको निर्देशिका अनुसार उपभोक्ताले ‘नो योर कस्टमर’ केवाईसी फर्म भर्नुपर्नेछ । तत्काललाई 'फोन पे’मा भएको खाताबाट पैसा राख्न र झिक्न, विद्युत र खानेपानीको पैसा तिर्न, हवाई टिकट खरिद गर्न, पत्रिका किन्न, नेपाल टेलिकम र एनसेलको पोष्टपेड मोवाइलको विल भुक्तानी गर्न र प्रिपेडको रिचार्ज गर्न, स्कुल र कलेजको फिस तिर्न, इन्टरनेटको विल तिर्न र क्रेडिट कार्डको रकम तिर्न सकिन्छ । कम्पनीको वेबसाईटमा उल्लेख भए अनुसार उपभोक्ताले फोनपेको प्रयोग गरी रकम भुक्तान गर्दा कुनै पनि प्रकारको अतिरिक्त शुल्क भुक्तानी गर्नु पर्दैन भने एक बैक बाट अर्को बैकमा रकम स्थान्तरण गर्दा नियमानुसारको बैंक चार्ज भने लाग्छ ।
हाल फोनपे सेवाको प्रयोग गरेर सन्ताउन्न वटा मर्चेन्ट लाई भुक्तानी गर्न सकिन्छ । यो सेवा सञ्चालनमा ल्याउने फोनपे प्रा ली का अध्यक्ष्य विश्वास ढकाल का अनुसार ‘फोन पे’ले वेष्टर्न युनियनसँगको सहकार्यमा मोवाइल रेमिट्यान्स सेवा समेत सञ्चालनमा ल्याएको छ । वेष्टर्न युनियनबाट मोवाइलमा पठाएको रेमिट्यान्स सेवा देशका १३ बैंकको रेमिट्यान्स सञ्जालबाट झिक्न सकिन्छ । उनका अनुसार मोवाइलमा आएको रेमिट्यान्स, अरु रेमिट्यान्स जस्तै गरी एजेण्टकहाँबाट झिक्न सकिन्छ, तर पठाउँदा यो अरुभन्दा सस्तो पर्छ ।
यो सेवा वस्तुत: उपभोक्ता, बैंक, सेवा र वस्तु विक्री गर्ने कम्पनीका लागि नेटवर्कका रुपमा काम गर्ने प्रणाली हो । कम्पनीले यसका प्रयोगकर्तालाई कति जागरुक र सचेत बनाई राख्न सक्छ भन्ने कुरामा यस प्रकारको सेवाको सफलता निर्भर रहन्छ । हुनलाई माष्टरकार्ड , भिजा कार्ड पनि यसै प्रकारको सेवाको परिस्कृत रुप हो जसको प्रयोग विश्वब्यापीरुपमा सफल भएको छ । फोनपे ले पनि आफ्ना घरेलु उपणभोक्तालाई सन्तुष्ट पार्न सक्यो भने यसको पनि भबिष्य सुनिश्चीत छ । आखिर प्रविधीले धेरैलाई अल्छे बनाएको छ । मान्छेहरु मोबाईलमा दुई चार क्लीक गरेकै भरमा काम हुन्छ भने अवश्य पनि यसलाई अंङ्गिकार गर्छन ।

यो लेख मिती २०६९ पौष २९ गतेको स्थानीय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।