ओपन आई डी
Sunday, November 04, 2012
वेब २.० प्रविधी र यसले अंगीकार गरेको शोचको बिकास सँगै यस किसिमका वेबसाईटको प्रयोग र उपयोगमा नयाँ आयाम देखा परेको मान्न सकिन्छ । नयाँ आयाम यस अर्थमा कि आजकल वेबसाईट संञ्चालकले वेबसाईटको कन्टेन्टमा भन्दा यसको सुरक्षा र दुरुपयोगमा रोक्ने प्रविधीमा ध्यान दिनु पर्ने अवश्था आएको छ । अहिलेको अवश्थामा ईन्टरनेट प्रयोगकर्ताको विश्व परिदृश्य बिचार गर्दा नागरीक पत्रकारीता , ब्लग , सामाजिक सञ्जालको तिव्र प्रयोग सँगै वेबसाईटको सामग्री प्रयोगकर्ता आफै उत्पादन र आवश्यक पर्दा सम्पादन पनि गर्न सक्ने भएका छन । यस्तोमा आफुलाई रुचीलागेको विषयमा सामाजिक सञ्जाल लगायतका वेबसाईटमा गएर आफ्ना ज्ञान बाढ्नु धेरैको लागी रमाईलो नै हुने गर्दछ तर वेब कन्टेन्ट सुरक्षाको नाममा प्रत्येक युजर ईन्टरयाक्टीभ वेबसाईटहरुमा गएर दर्ता हुनु पर्ने अनि दर्ता गर्ने क्रममा प्रत्येक पटक आफ्नो ब्यक्तीगत बिबरण , गोप्य प्रश्न र यसको उत्तर अनि क्याप्चा भ्यालिडेशन र उस्तै पर्दा ईमेल एड्रेस भ्यालीडेशन आदी धेरैको लागी झन्झटीलो र पट्यारलाग्दो बिषय हो । अझ प्रत्येक वेबसाईटको लागी छुट्टछुट्टै युजरनेम र पासवर्ड सम्झीने काम पनि झनै अप्ठ्यारो काम हो ।
वेबसाईट सञ्चालकको कोणबाट बिचार गर्ने हो भने युजर ईन्टरयाक्टीभ वेबसाईटको सुरक्षा सँग सञ्चालकको ईज्जत गाँसीएको छ । अझ भनौ प्रयोकर्ताको सामग्री र ब्यक्तीगत बिबरण सुरक्षा गर्ने जिम्वेवारी सञ्चालकको हुन्छ र प्रत्येक जिम्मेवार ब्यक्ती आफ्नो जिम्मामा रहेको काम ईमान्दारी पुर्वक गर्न चाहन्छ यस्तो बेला सरोकारवाला दोस्रो पक्षका सानातिना कठिनाई गौण भैदिन्छन । युजर ईन्टरयाक्टीभ वेबसाईटहरुमा लगईन हुने लम्बेतान र झन्झटिलो प्रक्रिया भनेको प्रयोगकर्ताको ईन्टरनेट उपस्थीतीलाई सुरक्षीत गर्न हो भने प्रयोगकर्ताको त्यही उपस्थीती सहज र सर्वसुलभ भैदियोस भनेर बिकास गरीएको प्रविधी भनेको ओपनआईडी कन्सेप्ट पनि हो ।
यसको विकास सन २००५ मा लाईभ जर्नल भन्ने वेवसाईटका निर्माताले गरेका थिए । यसको प्रयोगले ओपन आई. डी. लगईन ईनेवल गरीएका वेबसाईटमा आफु सँग भएको पुरानो ओपन आईडीको प्रयोग गरेर लग ईन गर्न सकिन्छ । यो एक प्रकारको युजर अथेन्टिकेशनको र एक्सेस कन्ट्रोल गर्नको लागी निर्माण गरिएको स्वतन्त्र तथा विकेन्द्रित प्रणाली हो । यसलाई बिकेन्द्रीत सिङ्गल साईनअप प्रणाली पनि भनिन्छ ।
सिङ्गल साईनअप प्रणालीको फाईदा के पनि हो भने एक पटक लगईन भैसके पछी उक्त प्रयोगकर्ताको अनुमति लिएर सो प्रणालीले प्राप्त गर्ने अधिकार अनुसारको जानकारी एकिकृत गरी फेरी लगईन नगरी अर्को वेबसाईटमा लगईन गर्ने गर्दछ । उदारणको लागी गुगलको कुनै एक सेवामा लगईन भए पछी त्यसैको युजरनेम र पासवर्ड प्रयोग भई स्वत अर्को सेवामा पनि लगईन हुन सकिन्छ । अर्थात यदी तपाईले जिमेल लगईन गर्नु भएको छ भने पिकासा वा गुगल ड्राईभको लागी लगईन गरीरहनु पर्देन । यो प्रकृया स्वत: भै जान्छ । याहुको कुरा गर्दा याहुमेल लगईन गरेर याहु बुकमार्क जस्तै याहुको अर्को सेवामा लगईन हुन फेरी फेरी युजरनेम पासवर्ड प्रयोग गर्नु पर्दैन । स्मरण रहोस , गुगल , याहु जस्ता वेबसाईटहरुले ओपनआईडीको पुर्ण प्रयोग मुलत आफ्नो वेबसाईटमा सिमिती गर्ने गरेका छन । अर्थात गुगल आइडी प्रयोग गरेर याहुमेल चेक गर्न सकिदैन किनभने ओपन आईडीको प्रयोगको पनि आफ्नै सिमतताहरु छन । तर याहु र गुगल दुबै आईडीको प्रयोग गरेर कतिपय वेबसाईटहरु जसमा प्रयोगकर्ताको सिमित जानकारी प्रसश्त भैदिन्छ त्यसता प्रयोग भएको पाईन्छ । डिस्कड , वर्डप्रेस, फेसबुक कमेन्ट सिस्टम आदी गुगल र याहु आईडी प्रयोग गरेर उपयोग गर्न सकिने सेवा हुन ।
ओपन आई. डी. को वारेमा धेरैलाई जानकारी नभए पनि अन्जानमै धेरैले यसको प्रयोग गरि रहेका छन । उदारणको लागी गुगल र याहुका प्रयोगकर्ता लाई लिन सकिन्छ जसको युजर आई डी जन्मजात ओपन आई डि हो । त्यस प्रकारको ( ओपन ) युजर आई डि ले ओपन आई डि सपोर्ट गर्ने धेरै वेव साईटमा लगईन गर्न सकिन्छ । याहु , गुगल को अलावा एओल, बिबिसी , लाईभजर्नल , माईस्पेश , आईबिएम, भेरीसाईन आदीले पनि ओपन आडी प्रदान गर्छ । यसको लागी सम्बन्धित साईटको सम्बन्धित वेवसाईमा रजिष्ट्रर भए पछि त्यो युजरनेज स्वत: ओपन आई. डी. मा रुपान्तरण हुन्छ । यसले धेरैवटा साईटमा लगईन गर्नको लागी आवश्यक युजरनेम र पासवर्ड याद गर्नु पर्ने झन्झट वाट मुक्ती दिलाउछ ।

यो लेख मिती २०६९ कार्तिक १९ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।