सामाजिक सञ्जाल वेबसाईटबाट बिरोध

समाजिक सञ्जालको बढदो प्रयोग सँगै केवल मनोरञ्जनको लागी मात्र यसको प्रयोग गरेर थाकी सकेका ब्यक्तीहरु आजकल कुनै पनि नेताको तस्वीर लाई तोडमोड गरेर हास्न लायक बनाएका फोटोहरुमा कमेन्ट गर्न थालेका भेटिन्छन । कमेन्ट गर्नको लागी खासै कारण नभएकाहरु फोटोलाई लाईक गर्ने गरेका भेटिन्छन । तपाईले धेरैको फेसबुक प्रोफाईललाई अन्धोपान्ध हेर्नु भयो भने लाईक गर्नको लागी कुनै कारण चाहिए जस्तो लाग्दैन तर ति बिरोधका स्वरहरु जब अर्को प्रयोगकर्ताले शेयर गरी दिन्छन तब लाग्छ भोली नै चुनाव भयो भने पनि कम्तीमा फेसबुक चलाउने एक चौथाई मान्छेहरु पनि भोट हाल्न जादैनन । बिगतका बर्षहरुको हरेक जेठ १४ गते र यसलाई जिबीत राख्न थपीएका डेडलाईनहरुमा मध्यरात सम्म समाजिक सञ्जालमा आक्रोश ब्यक्त गर्नेहरु देख्दा लाग्थ्यो तिनीहरुकै दबाबको कारणले भए पनि यो पाली त भैगयो अर्को पाली पक्का सम्बीधान बन्नेछ ।

यहाँ निर बुझ्नु पर्ने कुरा के छ भने देशमा कुनै पनि संघ, संघठन र पार्टीले आह्वान गरेको हडतालको कारणले बाहीर निस्कन नसक्ने अवश्था मात्र भै दिनु मात्र पर्छ लोडसेडिङ्गमा पनि ईन्टरनेट चलाउन समस्या नपर्ने ति बर्गका सचेत मान्छेहरु बिरोधको लागी कोठा भन्दा बाहिर ननिस्कीए पनि तिनीहरु कम्प्युटरबाटै नेताहरुको पुत्ला जलाउने मात्र हैन दाह संस्कार नै गरी दिन्छन । एकाथ दुईलाई छोडेर यो काममा जो सुकैको हडताल लाई बिरोध गर्नेहरु उस्तै ब्यक्तीहरु देखिन्छन त्यसैले पनि भन्न सकिन्छ जुनसुकै कारणले बिदेशीएका नेपाली पनि किन नहोउन तिनीहरु राजनैतिक रुपले अलिकती फड्को मारिसकेका तर कुनै पनि राजनैतिक बिचारधाराले अभिप्रेरित नभएका एउटा पुष्ता हुन ।
म आफैले पनि आफ्नो सामाजिक सञ्लालमा  आबद्द भएका फ्रेण्ड र फलोवरहरुलाई बिचार गर्दा के पाएको छु भने सोसल नेटवर्किङ्ग वेबसाईटमा बसेर शुशिल कोईराला भन्दा खाँट्टी काँग्रेस , झलनाथ खनाल भन्दा खाँट्टी एमाले , प्रचण्ड र मोहन बैध्य भन्दा खाँट्टी माओबादी अनि उपेन्द्र यादब भन्दा खाँट्टी मधेशबादी भएर टिक्न गारो छ । ढिलो चाढो तिनीहरुले आफ्नो फ्रेण्ड फलोवर घटाएका छन कि त्यस्ता वेबसाईटहरु बाट पलायन नै भएका छन । यो लिष्टमा नेताहरुलाई पनि राख्न सकिन्छ । प्रदिप नेपाल ले मात्र हैन राम चन्द्र पौडेले पनि आफ्नो फेसबुक पेजबाट केही समयको लागी भए पनि आफ्नो वालमा कमेन्ट गर्न मिल्ने ब्यबश्था डिसेबल गर्न पर्यो ।  भलै बरिष्ठ पत्रकार बिजयकुमार पाण्डेले आफ्नो अनुपम शैलिमा मिनेन्द्र रिजाललाई आफ्नो मित्र सम्झेर कार्यक्रम रेकर्ड भैरहदाँ महत्वपुर्ण भनिएको फोनकल रिसिभ गरेका हुन संसार भर छरीएर रहेका सामाजिक सञ्जाल वेबसाईट प्रयोगकर्तालाई त्यो कुरा हजम भएको देखीएन । अन्ततोगत्वा उनको भर्खरै खुलेको फेसबुक पेजको वाल उनैको बिरोधमा मात्र रङ्गीएन उनको अकाउन्ट ह्याक भएको कारण देखाई परिवर्तन सम्म गरियो ।

समाजिक सञ्जालको बढ्दो प्रयोग सँगै नेपालकै पनि प्रयोगकर्ताहरुले ति साईटमा भएको सुबिधालाई आफु अनुकुल प्रयोग गर्न थालेका छन । एक ढेड बर्ष अगाडी भएको "फेसबुक आन्दोलन" लाई उदारणको रुपमा लिन सकिन्छ ।  राष्ट्रीयताको सवालमा देश भित्रै क्षेत्रीय, जातिय राजनिती गरीरहेका वा बिदेशको कोही कसैले चुँ सम्म गर्नु हुदैन सामाजिक सञ्जालका प्रयोगर्ताहरु जुरुक्क उठ्छन । यस्तोमा गहन अध्ययन र अनुभवले तिखारिएका ब्यक्तिहरु पनि बिरोधको आफ्ना 'वाल' (फेसबुक) मा नोट अफ डिसेन्ट लेख्दै गरेका पनि भेटिन्छन । सामजिक सञ्जाल वेबसाईटकै प्रयोग बाट नेपाल सम्बन्धी भ्रमित पार्नको लागी राखीएका ईन्टरनेट सामग्रीहरु तिनै पुस्ताको बल मिच्याई बाट रातारात परिवर्तन भएका पनि उदारण छन । तसलिमा नसरिन हुन वा नेपाल लाई भारत कै एक टेरोटेरीको रुपमा ब्यख्या गर्दीने बलिउड चलचित्र बिश्लेशक कोमल नेहता नेपालका सामजिक सञ्जाल पुस्तालाई नेपाली राष्ट्रीयता मा धावा बोलेको शंका मात्र भै दिनु पर्छ तिनीहरु कुन दिनमा चाही मेरो मुख चिप्लीएछ भनेर दुखेसो मानेको उदारण ताजै छन ।

नेपालको धेरै सानो जनसंख्याले ईन्टरनेट र सामाजिक सञ्जाल वेबसाईटको प्रयोग भै रहेको हुनाले तत्कालै गतबर्ष मध्यपुर्वमा भएको जस्तो सत्ता नै परिवर्तन हुने खालको आन्दोलनको कल्पना त गर्न नसकिएका तर नेताहरुले तिनीहरुलाई सधैभरि वेवास्था गरेर अगाडी बढ्न सक्ने देखिदैन किन भने नेपाल दुरसञ्चार प्राधिकरणले निजी ईन्टरनेट लाईन लिने नेपाल भित्र रहेका नेपाली पो चौबिस लाख हुन भनेको छ त तर तिनै ईन्टरनेट खाताबाट ईन्टरनेटमा जोडीएका थप प्रयोगकर्ता र स्मार्ट फोन बोकेर ईन्टरनेट चलाउने ठ्याक्कै नेपाली कति छन भनेर कसैले भन्न सकेको छैन नि !
यो लेख मिती २०६९ जेठ २८ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको छ । 
Labels: , ,