फेसबुक फ्रेण्डको वर्ग बिभाजन #facebook #friend #list
Sunday, February 19, 2012

कतिपयले साथीभाईको अनलाईन सर्कल फराकिलो पार्ने लोभमा अन्धाधुन्ध फ्रेण्ड रिक्वेष्ट पठाउने तथा एसेप्ट गर्ने गर्दछन । चिन्दै नचिनेको वा ब्यक्तीगत पृष्ठभुमीको पत्तो नभएको ब्यक्तीको फेसबुक मित्रता स्वीकार गरी परिवार वा नजिकका हितैसी मित्रहरुको सर्कलमा समावेश गर्नु कालान्तरमा घातक हुने गरेको छ । हुनलाई यस प्रकारको समस्या हाम्रो देशमा मात्र हैन बिश्वब्यापी छ । त्यसैले कतिचोटी त स्वयं फेसबुकले प्रयोगकर्ताहरु अपठ्यारोमा नपरुन भनेर बेलाबेलामा बिभिन्न प्राईभेसी सेटिङ्ग तथा यसका फिचरहरुमा परिवर्तन गथा थपगट गर्ने गरेको छ ।
उदारणलको लागी गुगलले आफ्नो सामाजिक सञ्जाल साईट गुगल प्लस प्रयोगमा ल्याए पछी फेसबुकले पनि गुगल प्लसको 'सर्कल' जस्तै फेसबुकको 'स्मार्ट लिष्ट' लाई लिन सकिन्छ । हाम्रो समाजमा सामाजिक सञ्जाल वेबसाईटहरुको प्रभाव यती फैलदो छ कि एउटै टोलमा बस्ने तर एक पटक पनि बोलचाल नभएको ब्यक्तीले फेसबुकमा फ्रेण्ड रिक्वेश्ट पठाई दिन्छ अनि साधारण प्रयोगकर्ताहरु आफ्ना फेसबुक फ्रेण्ड ब्यबश्थापन गर्ने अवश्थामा यही बेला चुक्छन । जस्तो कि फेसबुकलाई बिर्सेर बास्तबीक जिबनको कल्पना गर्ने हो भने आफ्ना हितैषीहरुको माझ भईरहेको कुराकानीमा असम्बन्धीत तेस्रो ब्यक्तीको प्रवेश भयो भने हामी कुरा गर्न बन्द गर्छौ तर फेसबुकमा कुरा गर्दा तेस्रो ब्यक्ती ले थाहा पाउदैन भने झै अन्तरङ्ग कुरा गर्न थाल्छौ । स्वाभत: नजिकका मित्रहरुसँग भएको कुराकानीहरु साधारण चिनजानका मान्छेहरुलाई काम नलाग्ने हुन सक्छ भने परिवारका सदस्यहरुले थाहा पाउदाँ कहिले काँही अप्ठ्यारो पनि पर्न सक्छ । फेसबुकले पनि दैनिक जिवनमा यस कसिमको समस्या हुन सक्छ भने यसलाई सम्बोधन गर्ने प्रयास गरेको छ । फेसबुकका डिफल्ट क्लोज फ्रेण्ड, फेमिली र स्कुल आदी स्मार्ट लिष्ट यसका नमुना हुन । यदी तपाईले क्लोज फ्रेण्डलाई लक्ष्यीत गरी गरेको स्टाटस अपडेट सो लिष्टका सदस्यरहरुलाई मात्र हेर्न मिल्ने बनाई दिनु भयो भने परिवारका सदस्यहरु बेखबर रहन्छन ।

फेसबुकले गुगलले गुगल प्लसमा सर्कल भन्ने कन्सेप्ट सार्वजनिक गरे पछी स्मार्ट लिष्ट बनाउन थालेको भए पनि प्रयोगकर्ताले बनाउने लिष्टको बारेमा त्यती स्मार्ट छैन । किन भने अहिले सम्मको तपाईको सबै फ्रेण्डहरुलाई बिभिन्न लिष्ट बनाएर नै राख्नु भयो भने पनि कुन फ्रेन्ड कुन लिष्टमा छ भनेर एकै पटकमा थाहा पाईदैन । अनि लिष्ट नबनाई अन्धाधुन्ध फेसबुक चलाउने बानीले तपाई लाई पछी समस्या पर्दैन भन्न सकिन्न ।
यो लेख मिती २०६८ फागुन १४ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।
No comments:
Post a Comment