केही एन्ड्रोईड एप्लीकेशन - १ #Nepal #Apps
Sunday, December 18, 2011
एन्ड्रोईड ओएस प्रयोग हुने मोबाईल बोक्नेको हकमा एप्स मार्केटमा कहिल्यै कल्पना नगरेका र यस्तो पनि हुन्छ र ? भनिने खालका एप्लीकेशन धेरै भेटिन्छ । जुन कतिपय पैसा तिरेर ईन्सटल गर्नु पर्ने खालका हुन्छन भने धेरै जस्तो निशुल्क ! एन्ड्रोईड आफैमा निशुल्क बितरण गरीएको मोबाईल अपरेटिङ्ग सिष्टम भएकोले यसको लागी धेरै निशुल्क डाउनलोड गरेर ईन्सटल गर्न मिल्ने सफ्टवेयर पाईन्छ । एन्ड्रोईडको एप्स मार्केटमा बिदेशी मात्र हैन नेपालका मोबाईल एप्लीकेशन प्रोग्रामरले बनाएको धेरै एप्लीकेशन भेट्न सकिन्छ । भारतको त कुरै नगरौ ! हामीले बोक्ने दश पन्ध्र हजारको एन्ड्रोईड फोन बाट कन्या कुमारी मन्दीरको दर्शन गर्ने देखी लिएर रेलको टिकटको पिएनआर स्टाटस समेत हेर्न सकिन्छ ।

जहाँ सुकै रहदाँ नेपाली रेडियो कार्यक्रम सुन्न मन लागे "नेपाली रेडियो" भन्ने एप्स ईन्सटल गर्नु पर्दछ जसको साहायताले नेपाल भरीका ६० भन्दा बढी रेडियो कार्यक्रम सुन्न सकिन्छ । संन्सार भरका प्रोग्रामरहरुले आफ्नो देशको उपस्थीती दर्शाउन मोबाईलमा बज्ने राष्ट्रीय गानको लागी छुट्टै एप्लीकेशन नै बनाए जस्तै नेपालीहरुले पनि "नेपाल नेशनल एन्थम" भन्ने एप्लीकेशन बनाएका छन जसको साहायताले राष्ट्रीयगान सुन्नका अतिरिक्त, त्यसको लिरिक्स पढ्न र म्युजिकल नोटेशन पनि पाउन सकिन्छ ।
नेपालको भौगोलिक अवस्थीतीको बिपरित स्थानमा बसेको ब्यक्तिलाई नेपालको शहर बजारमा चर्चामा रहेको नयाँ गित सुन्न मनलागे "आईनेपाल म्युजिक" भन्ने एप्लीकेशन ईन्सटल गर्नु उपयुक्त हुन्छ जसको साहायताले साताको सर्वाधिक चर्चामा रहेका गितहरुको काउन्टडाउन प्रोग्राम सुन्न सकिन्छ । अग्रेजी शब्दको नेपाली अर्थ दिने बताई दिने उधेश्यले "अग्रेजी - नेपाली डिक्सनेरी" जस्ता कतिपय एप्लीकेशन बनाईएका छन । ब्यक्तीगत तवरबाट निर्माण गरीएका ति एप्लीकेशनहरु निश्चय पनि पुर्ण छैनन तर सरहानिय चाही पक्कै छन ।
र अन्तमा, लोडसेडिङ्गको समय बढेर दिनको ६ घण्टा हुन लागेको अवश्थामा तपाईको एन्ड्रोईड फोनमा "लेड लाईट" जस्ता क्यामराको लेड लाई बालेर प्रकाश दिने एप्लीकेशन ईन्सटल गर्नु उपयुक्त हुन्छ । जसले अध्यारोमा एउटा टर्चलाईटले दिने जत्तिकै काम गर्दछ । सबै एक्लीकेशन सबै मोबाईलमा काम नगर्न सक्छन तर एन्ड्रोईड मार्केट भन्ने वेब साईटमा गएर फ्लास लाईट भन्ने किवर्डले सर्च गर्नु भयो भने यस किसिमका बग्रेल्ती एप्लीकेशन भेटिन्छन ।
No comments:
Post a Comment