ब्याकअप र रिस्टोर #backup #restore
Sunday, November 13, 2011
कम्प्युटरको सन्दर्भमा ब्याकअप भन्नाले ओरिजिनल फाइलमा कुनै भौतिक क्षति भएको खण्डमा पुनःप्रयोग प्रयोग गर्ने प्रयोजनले छुट्टै राखिएको नक्कल प्रति (ईलेक्ट्रोनिक कपी) भन्ने बुझिन्छ । रि–स्टोर भनेको चाहिँ ब्याकअप गरेको डाटालाई प्रयोगमा ल्याउनु हो । दुर्घटनाबस हुने क्षतिलाई न्यूनीकरण गर्नको लागि कुनै पनि फाइलको ब्याकअप गर्ने गरिन्छ । ब्याकअप गरिएका फाइलहरुलाई दुर्घटनाको प्रकृतिअनुसार सिष्टम (कम्प्युटर) लाई ब्याकअप र रिस्टोरको कार्य सञ्चालन गर्ने सक्ने अवस्थामा ल्याएर ब्याकअप फाइल रिस्टोर गर्ने गरिन्छ । कुनै पनि फाइलको आर्थिक नभए भावनात्मक मूल्य हुन्छ भन्ने सन्दर्भमा ब्याकअपलाई अत्यावश्यक मान्ने गरिन्छ । जस्तो कि व्यवसायको लेनदेनको विवरण भएको ईलेक्ट्रोनिक फाइल नोक्सान भएको अवस्थामा जस्तो आफूले सुन्ने गरेका गीत, संगीतको नोक्सान हुँदा जस्तो प्रत्यक्ष्य आर्थिक नोक्सान त हुँदैन तर व्यक्तिको भावनात्मक क्षति भएको मान्न सकिन्छ ।
नियमितता र उचित तरिकाले कम्प्युटरमा भएका फाइलहरुको ब्याकअप नराख्ने हो भने त्यसमा हुनसक्ने क्षतिको शोधभर्ना गर्नको लागि धेरै मूल्य र समय खर्च गर्नु पर्ने हुन सक्छ । अझ हाम्रोजस्तो पाइरेटेड सफ्टवेयर र सस्तो हार्डवेयर खपत् हुने देशमा जुनसुकै मूल्य बहन गर्न तयार भए पनि सिष्टम वा फाईल रिस्टोर गर्न नसकिने हुन सक्छ । त्यस्तो अकल्पनीय अवस्था आउनुभन्दा अगावै सावधानीस्वरुप केही सुरक्षाका उपायहरु अवलम्बन गर्न सकिन्छ जस्तो कि,
१. धेरै प्रयोग हुने माइक्रोसफ्ट अफिसका फाइलहरु सेभ हुँदा सिष्टमको माई डकुमेन्ट भन्ने फोल्डरमा सेभ हुन खोज्दछन्, जसलाई सिष्टम क्र्यास भएर रि–इन्सटल गर्नु पर्ने अवस्थामा रिस्टोर गर्न असम्भव वा कठिन भै दिन्छ । महत्वपूर्ण फाइलहरु सेभ हुने डिफल्ट फोल्डर लोकेसन सिष्टम फाइल रहेको ड्राइभभन्दा अर्कै पार्टेशनमा राख्नु वा माई डकुमेन्ट भन्ने फोल्डरलाई नै अर्कै पार्टेशनमा मुभ गर्नु उचित हुन्छ ।
२. साधारणतया नयाँ ल्यापटप वा ब्रान्डेड डेक्सटप खरिद गर्दा एउटा मात्र पार्टेशन हुने गर्दछ । धेरै हिसाबले एउटा मात्र पार्टेशन भएको अवस्थालाई उचित मान्न सकिन्न । त्यसैले सिष्टममा दुई वा दुई भन्दा बढी पार्टेशन रहनु उत्तम हुन्छ र आÏना सबै फाइललाई छुट्टै ड्राईभ (पार्टेशन) मा राख्नु उचित हुन्छ ।
३. सिष्टम फाइलमा कुनै पनि कारणले हुन सक्ने खराबी र यसैको कारणले बाध्य भएर अपरेटिङ सिष्टम रि–ईन्सटल गर्नु पर्ने अवस्थालाई न्यूनीकरण गर्नको लागि कम्तीमा सिष्टम फाइल रहेको पार्टेशनको (साधारण अवस्थामा सि ड्राईभ) सिष्टम रिस्टोर अप्सन अन राख्नु बुद्धिमानी हुन्छ । कतिपय अवस्थामा सिष्टममा देखा पर्ने सानातिना खराबी अन्तिम रि–स्टोर प्वाईन्टमा रिस्टोर गर्दा समाधान हुने गर्दछन् । सिस्टम रिस्टोर गर्दा अन्य ड्राईभको सिष्टम रिस्टोर अप्सन अफ रहेको अवस्थामा त्यसमा रहेका फाइलहरुलाई केही हुँदैन । यस प्रक्रियामा अपरेटिङ सिष्टमको लागि आवश्यक पर्ने सिष्टम फाइलहरु मात्र अटोमेटिक रिस्टोर हुने गर्दछन् ।
४. कतिपय अवस्थामा भाइरसले टाक्स मेनेजर, सिष्टम रिस्टोर आदिलाई डिसेबल गर्ने गर्दछ । यस अवस्थाको जानकारी हुने बित्तिकै उचित तरिकाले सिष्टमलाई पहिलेकै अवस्थामा ल्याउने वा आÏनो डाटाको नोक्सानी नहुने गरी ब्याकअप राख्नु पर्दछ । यस्तो अवस्थामा तपाईले फ्रेस अपरेटिङ सिष्टम ईन्सटल गर्नु पर्ने पनि हुन सक्छ ।
५. हाल प्रचलनमा रहेको विन्डोज सेभेन अपरेटिङ सिष्टममा स्टार्ट मेनुमा रहेको सर्चमा गएर ब्याकअप टाईप गर्नुभयो भने सिस्टम ब्याकअप लिने प्रोग्रामको लिङ्क भेट्नु हुन्छ । तपाईको कम्प्युटरले उत्कृष्ट पर्फर्मेन्स दिएको अवस्थामा वा कुनै महत्वपूर्ण डाटा रहेको बखतमा सिष्टमको ब्याकअप लिनु उत्तम हुन्छ । ब्याकअप लिँदा पूरा सिष्टमकै ब्याकअप लिनुपर्छ भन्ने छैन तपाईले सिष्टम फाइल वा कुनै निश्चित ड्राइभको मात्रा पनि ब्याकअप लिन सक्नु हुन्छ । विन्डोज अपरेटिङ सिष्टम लगभग सबैजस्तो ओएस मा ब्याकअप र रिष्टोरको सुविधा दिइएको छ । नर्टन घोष्ट जस्ता थर्ड पार्टी सÏटवेयरको सहायताले पनि सिष्टम ब्याकअप लिन सकिन्छ ।
६. सिडी वा एक्सटरनल हार्ड ड्राईभमा राखेको ब्याकअप फायल सबै अवस्थामा ढुक्कको नहुन सक्छ । यस्तोबेला तपाई आफ्ना अत्यावश्यक डाटालाई ईन्टरनेटमा ब्याकअप गर्न सक्नुहुन्छ । गुगलको पिकासा तथा याहुको फिल्कर जस्ता वेबसाईटमा तपाई आफ्नो फोटोहरु कसैले हेर्न नपाउने गरी वा निश्चित व्यक्तिलाई एक्सेस गर्न दिएर राख्न सक्नु हुन्छ । पिकासाले निःशुल्क दिने प्रति अकाउण्ट दुई गिगाबाईट स्पेस कम्ती हैन । गुगल डक्स वा याहु फोल्डर जस्ता वेबसाईटमा गएर तपाईका फाइलहरुलाई व्यवस्थित तरिकाले कुनै पनि बेला एक्सेस गर्न सक्ने गरी राख्न सक्नुहुन्छ । पिकासा वा गुगल डक्समा राख्न नमिल्ने खालका एक्सटेन्सन भएका फाइलहरुलाई ड्रपबक्स, स्काईड्रराइभ जस्ता अनलाईन फाइल स्टोरेज वेब साइटमा राख्न सकिन्छ । यो सब तपाईलाई झन्झटिलो वा अप्ठ्यारो लागे इमेलमै पनि तपाई आफ्ना महत्वपूर्ण फाइलको ब्याकअप लिन सक्नु हुन्छ ।
माथि उल्लेख गरेका उदारणहरुका अतिरिक्त अन्य तरिकाले आवश्यकताअनुसार डाटा ब्याकअप गर्न सकिन्छ ।

यो लेख मिती २०६८ कार्तिक २७ को ब्लाष्ट दैनिकमा प्रकाशित भएको हो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।
No comments:
Post a Comment