सन् २०१२ DV Lottery को लागि आवेदन दर्ता खुला
Monday, October 04, 2010
अमेरिकी सरकारले सन् २०१२ डाइभरसिटी भिसा कार्यक्रमको अनलाइन आवेदन दर्ता भोली २०१० अक्टोबर ५ तारिख बिहीबार जीएमटी समय -४ बजे देखि २०१० नोभेम्बर ३ तारिख बुधबार जीएमटी समय -४ बजे सम्म खुल्ला गर्ने भएको छ। नेपालस्थित अमेरिकी राजदूतवासले दिएको जानकारी अनुसार सन् २०१२ को कार्यक्रममा तीनवटा महत्वपूर्ण परिवर्तनहरु भएका छन ।
स्मरण रहोस डाइभसिटी भिसा चिट्ठामा सहभागी हुन कुनै शुल्क लाग्दैन । आवेदन दर्ता विद्युतीय रुपमा http://dvlottery.state.gov मा गई दर्ता अवधिभित्र (२०१० अक्टोबर ५ तारिख बिहीबार जीएमटी समय -४ बजे देखि २०१० नोभेम्बर ३ तारिख बुधबार जीएमटी समय -४ ) गर्नुपर्दछ । दर्ता गरिसकेपछि आवेदकहरुले कन्फर्मेशन पेज देख्न सक्ने छन जसमा एन्ट्री स्टेटस चेक र तपाईंको आवेदनको स्थिति कसरी हेर्नेबारे निर्देशनहरु दिइएको हुन्छ । विगतका वर्षहरुमा जस्तो यसपालि भने बिजेताहरुलाई हुलाक चिट्ठीमार्फत सूचित गरिने छैन । तसर्थ सफलता पुर्वक फर्म भरीसके पछी देखा पर्ने स्क्रिनमा दिईने आवेदकको युनिक कर्फमेशन नम्बर सुरक्षित सँग राख्नुहोला । नतिजा हेर्नको लागी यो नम्बर नभई हुदैन ।
Labels:
DV

No comments:
Post a Comment