ह्वाईट हाउसको नयाँ वेवसाईट

राजनैतिक दाउपेच भित्र कर्मचारीतन्त्र पुस्तकको चर्चा परिचर्चा यति सुनिसकियो कि नेता सरकारी कर्मचारी भन्ने वित्तिकै नौ नाडी गलेर आउन थालेको छ। आफ्नो कुनै स्वरुप र परिचय नभएको सत्ता मा जुन पार्टीका नेता छन त्यसै अनुसार आफ्नो स्वरुप / रुङ्ग बदल्न माहिर कर्मचारीतन्त्र :- छ्या !


अमेरिकामा बाराक ओबामा राष्ट्रपति भए पछी ह्वाईट हाउसको आधिकारिक वेभसाईटको डिजाईन परिवर्तन गरिएछ CSS 2.1. अनुसार ४१ वटा गल्ती (errors) र १८४० चेतावनी (warnings) सहितको ।
यो त नेपाली तरिका भयो नि सत्तामा पुग्न पाएको छैन हत्त न पत्त पुरानो स‌रचना परिवर्तन गर्ने !

तर जे भए पनि विगत १५ वर्ष देखी वेभ डिजाईनिङ्ग गरिरहेकी क्याटी केल्ली (Katie Kelly) ले बनाएको वेभसाईट समग्रमा राम्रो लाग्यो मलाई।
(पुरानो साईट)
Labels:

No comments: